धौलागिरि हिमाल आरोहणमा विदेशी पर्यटकको मृत्यु
- १७ बैशाख २०७५, सोमबार
- 1495 पटक पढिएको
म्याग्दी,१७ बैशाख । धौलागिरि हिमाल आरोहणका लागि गएका विदेशी पर्यटकको मृत्यु भएको छ । १५ हिमाल आरोहणका लागि इटलीका ३७ वर्षीय सिमोन ला तेर्राको हिमपहिरोमा परी मृत्यु भएको हो ।
गत शुक्रबारदेखि हराएका उनको शव शनिबार फेला परेको प्रेस्टिज एडभेन्चरका डम्बर पराजुलीले जानकारी दिए । उनको शव सोमबार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ । १५ जनाको टिमसहित हिमाल आरोहणमा गएका तेर्रा टोलीबाट छुट्टिएर एक्लै हिँडेका बेला मृत्यु भएको हो ।