मृगौला पिडित घर्तिको परिवारले दिए सहयोगदातालाई धन्यबाद
- १६ बैशाख २०७५, आईतवार
- 2216 पटक पढिएको
म्याग्दी, १६ वैशाख । म्याग्दीको मालिका गाउँपालिका– ५ देविस्थानकी मिर्गौला पिडित नरु घर्तिका घरपरिवारले सहयोगदाताहरुलाई धन्यबाद दिएका छन् । मिर्गौलाले काम नगरेपछि अस्पतालमा उपचाररत घर्तिलाई विभिन्न क्षेत्रबाट सहयोग जुटेको थियो । उनको उपचार गराउन गाउँ ,टोल,क्लब, देश तथा बिदेश देखी आर्थिक रूपमा सहयोग गर्नुहुने सहयोगदाताहरुलाई उनका श्रीमान रामप्रसाद घर्तिले धन्यबाद दिनुभएको हो ।
हाल अस्पतालमा रहेकी घर्तिको उपचारमा युके, जापान, कोरिया ,बेल्जियम ,हङकङ, अमेरिका, कतार, साउदी , दुबै, मलेसिया ,पोर्चुगल,लगायतका ठाउँमा रहेका सहयोगदाताहरुले सहयोग गर्नुभएको उहाँले बताउनुभयो । ‘‘ हामीलाई समस्या आएको समयमा उहाँहरुको सहयोगले ठुलो राहत मिलेको छ, सहयोग गर्ने सबै मनकारीहरुलाई धन्यबाद ज्ञापन गर्छौ’’– उहाँले भन्नुभयो ।