“युवा हरु जुटे ढिकी जाँतो संरक्षणमा’’

  • ११ बैशाख २०७५, मंगलवार
  • 3476 पटक पढिएको

दर्पण रोका मगर
म्याग्दी, ११ वैशाख । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा परम्परागत ढिकी जाँतोको संरक्षणमा युवाहरु सक्रिय भएका छन् । परम्परागत रुपमा कुटानी पिसानीको साधन ढिकी जाँतो लोप हुने अवस्था आएपछि अहिले बरंजाको खानी गाउँमा ढिकी जाँतो घर नै बनाईएको छ । समाजमैत्री युवा कलबको नेतृत्वमा सार्बजनिक ठाउमा छुट्टै घर बनाएर ढिकी र जाँतो राखिएको छ ।


ढिकी जाँतो घर नै निर्माण भएपछि अहिले स्थानीयबासीलाई विवाह लगायतका विविध कार्यहरुमा रोटी हाल्ने पिठो पिसानी गर्न सहज भएको छ । ढिकी जाँतो घरले परम्परागत लोपउन्मुख बेनका कुटानी पिसानीका साधनलाई नयाँ पुस्तामा समेत प्रयोग र निरन्तरताको लागि सहयोग गरेको क्लबका अध्यक्ष केशर बहादुर रोकाले बताउनुभयो ।

खानीगाउँमा ढिँकी जाँतो घर बनाउन साविक बरंजा गाविसले रु २५ हजार सहयोग गरेको थियो । उक्त रकममा स्थानीयले जनश्रमदान जुटाएर एक ÷ एक वटा ढिकी र जाँतो सहितको घर बनाएका थिए ।