मिर्गाैला पीडित मुदीका बम बहादुर पुन बचाउ अभियान सुरु

  • १० बैशाख २०७५, सोमबार
  • धिरन खत्री
  • 2345 पटक पढिएको

म्याग्दी,१० बैशाख । म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ती कोषले धौलागिरि गाउँपालिका वडा ४ मुदी निवासी मिर्गाैला पीडित बमबहादुर पुन बचाउ अभियान सुरु गरेको छ । मिर्गाैला राेगबाट पीडित भएका वडा सदस्य बमबहादुर पुनको पारिवारिक आर्थिक अवस्था कमजोर भएपछि पुनको उपचार सफल बनाउन कोषले ‘बम बचाउ अभियान’ सुरु गरेकोे हो ।


दुबै मिर्गाैला पीडित भएका पुनको उपचार सफल बनाउन आर्थिक संकलन लागि ओमकुमारी शान्ति कोषले कोषका उपाध्यक्ष हरिकृष्ण गौतमलाई संयोजक तोकेको छ । श्रीमानको जीवन रक्षाका लागि श्रीमती रुपा पुनले आफ्नै मिग्रौला दिने भएकी छन् । सो मिर्गाैला दिएपनि मिर्गाैला फेर्नका लागि ८ लाख भन्दा माथि उपचार खर्च लाग्ने हुदाँ सो उपचार खर्च जुटाउन अभियान थालिएको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।

बमबहादुर पुन बचाउ अभियानमा धौलागिरि गाउँपालिकाले २० हजार, प्रमोद श्रेष्ठ १० हजार, नेकपा एमालेका अध्यक्ष हरीकृष्ण श्रेष्ठ ५ हजार, राजेश शाक्य र चन्द्र केसी ५ /५ हजार सहयोग  गरेका छन् । बमबहादुर पुनको उपचार खर्च जुटाउनका स्वदेश तथा विदेशमा संयोजक तोकिएका छ । पोखरामा लोकराज रोका, जापानमा खड्कबहादुर पुन, युेकमा पहलमान घर्ती, युरोपमा बालकुमारी पुन संयोजक रहेका छन् । पुन धौलागिरि गाउँपालिका ४ मुदीका वडा सदस्य हुन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l