क्यान्सर पिडित दानाका सोमबहादुर विकलाई रु २ लाख बढी सहयोग

  • १० बैशाख २०७५, सोमबार
  • 2445 पटक पढिएको

म्याग्दी, १० वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका क्यान्सर पिडित सोमबहादुर विकको उपचारको लागि रु २ लाख बढी सहयोग जुटेको छ । रक्तक्यान्सरबाट पिडित भई अस्पतालमा उपचाररत विकको सहयोगार्थ स्थानीयले रु २ लाख १ हजार ५६० आर्थिक संकलन गरि विकको परिवारलाई उपलब्ध गराएका हुन् ।

कतार प्रवासी संघ दानाले सहयोग गरेको रु ४२ हजार र अन्य समुदायको पहलमा स्थानीय स्तरमा संकलन गरिएको रकम गरि एकमुष्ठ रु २ लाख १ हजार ५६० सहयोग रकम विक परिवारलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा कतार प्रवासी संघ दानाका प्रतिनिधि जंगबहादुर विक, कार्यपालिका सदस्य थमबहादुर विक र वडा सदस्य गंगा विकले संयुक्त रुपमा क्यान्स पिडित विककी आमा जसमायाँलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

विकको उपचारको लागि स्थानीयको अगुवाईमा दाना, नारच्याङ, भुरुङ, तातोपानी, दोवा, पोखरेबगर लगायतका ठाउँबाट आर्थिक संकलन गरिएको अभियन्ता समेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य थमबहादुर विकले जानकारी दिनुभयो । विकको उपचारमा लाखौँ रुपैयाँ आबश्यक पर्ने भएकाले अन्य सहयोगदाताहरुलाई समेत मन खोलेर सहयोग गरि विकको जिवनरक्षाको लागि उहाँले अपिल गर्नुभएको छ ।