बिमाले जेष्ठ नागरीक कोषलाई पचास हजार सहयोग

  • २९ चैत्र २०७४, बिहीबार
  • 2070 पटक पढिएको

म्याग्दी २९ चैत । मालीका गाउँपालीका ७ मा स्थापित बिमाले जेष्ठ नागरीक कोषमा एक जना प्रवासीले पचास हजार रुपैया सहयोग गर्नुभएको छ ।बिम घर भई हाल हङकङमा बस्दै आउनुभएका खिमबहादुर जुक्जालीले बाजे पतिराम जुक्जाली मार्फत कोषका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष रेशम जुक्जाली लगायतका पदाधीकारीलाई बुधबार उक्त रकम उपलब्ध गराउनुभएको हो ।

रुपप्रसाद पुन, दल शेरपुञ्जा लगायतको पहलमा प्रवासमा बसोबास गर्ने बिमबासीहरुको पहलमा स्थापना भएको कोषमा यसअघि चार लाख सत्तरी हजार रुपैया थियो । वडा अध्यक्ष जुक्जाली अध्यक्ष रहनुभएको कोषले प्रत्येक वर्ष जेष्ठ नागरीकहरुलाई पाँच सय रुपैयाका दरले नगद सहित सम्मान गर्दै आएको छ ।