शान्ति कोषलाई दुई लाख सहयोग
- २१ चैत्र २०७४, बुधबार
- 2418 पटक पढिएको
बेनी २१ चैत । जटिल रोगले थलिएका आर्थिक रुपमा विपन्न म्याग्देलीको उपचारमा सहयोग गर्न स्थापना हुन लागेको अक्षयकोषमा एक व्यक्तिले दुई लाख रुपैया भन्दा बढी सहयोग उपलब्ध गराएका छन् । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोडको अक्षयकोषका लागि मंगला गाउँपालीका १ कुहुँ घर भई हाल बहराईनमा रहेका खप्रसाद पुन (शेरपुन्जा) दुई लाख एक हजार रुपैया आर्थिक सहयोग गरेका हुन् ।
म्याग्दी उद्दार समिति बहराईन मार्फत पुन (शेरपुन्जा)ले सहयोग उपलब्ध गराउनुभएको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । समितिका मानार्थ सदस्य रहनुभएका सहयोगदाता पुन (शेरपुन्जा) बहराईनमा विभिन्न सामाजिक क्रियाकलापमा सघाउदै आएका थिए । सहयोगदाता पाईजालाई कोषले बिधान अनुसार संरक्षक सदस्यता प्रदान गर्ने जनाएको छ । हाईपो पलास्टीक एनिमिया रोगबाट थलीएकी बेनपा ४ की ओमकुमारी पुन (शान्ति)को स्मृतीमा स्थापित कोषले जटिल रोगबाट बिरामी भएका म्याग्दीका गरिब तथा विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले एक करोड पचास लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरेको छ ।
वि.स २०७१ मा स्थापना भएको कोषले हालसम्म ५४ जनालाई असी लाख भन्दा बढी उपचारका लागि सहयोग गरेको छ भने अक्षयकोषमा साठी लाख रुपैया भन्दा बढी सहयोगको घोषणा भएको छ । अक्षयकोष स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले कतार, बहराईन र जापानमा त्यहाँ रहेका म्याग्देलीहरुको पहलमा कार्यक्रम गरिएको थियो । मृगौला, मुटु, क्यान्सर, रक्तक्यान्सर लगायत जटिल रोगबाट प्रभावीत भएका बिरामीलाई कोषले उपचारका लागि सहयोग गर्दै आएको छ ।