नेपाल केन्यासँग ५ विकेटले पराजित

  • २८ फाल्गुन २०७३, शनिबार
  • 2319 पटक पढिएको

khel
काठमाडौं, २८ फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गतकाे खेलमा केन्याले नेपाललाई ५ विकेटले पराजित गरेकाे छ । वर्षाका कारण पटक पटक अवरुद्ध भएकाे खेलमा केन्याले अन्तिम समयमा डकवर्थ लुइस मेथड अनुसार २६ ओभरमा ९४ रन बनाउने लक्ष्य पाएको थियाे । जसलाई केन्याले ११ बल बाँकी छँदै ५ विकेटकाे क्षतिमा हासिल गर्न सफल भयाे ।

यसअघि पनि निर्धारित समयभन्दा झण्डै साढे दुई घण्टा ढिलागरी मह्यान्ह १२ बजेपछि सुरु भएको थियो ।

नेपालले पहिलाे ब्याटिङ गर्दै ३६ अाेभरमा ८ विकेटकाे क्षतिमा ११२ रन बनाएकाे थियाे । वर्षाले खेल प्रभावित गरेसँगै डकवर्थ लुइस मेथड अनुसार केन्याले ९४ रनकाे मात्र लक्ष्य पाएकाे थियाे ।

विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नेपाल र केन्याबीचको खेल पुन: सुरु भएको छ । वर्षाले प्रभावित खेल पुन: सुरु भएको हो । यसअघि पनि निर्धारित समयभन्दा झण्डै साढे दुई घण्टा ढिलागरी मह्यान्ह १२ बजेपछि सुरु भएको थियो ।

नियमित कप्तान पारस खड्काबिनै नेपालले केन्यासँग खेलिरहेको छ । वर्षाका कारण खेल ३८/३८ ओभरमा छोट्याइएको छ । नेपालले सुनिल धमला र दीपेन्द्रसिंह एेरीलाई डेब्यू गर्ने मौका दिएको छ । नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका छन् ।

-कान्तिपुर