सामाजिक परिचालक कर्मचारीको अध्यक्षमाः विश्वकर्मा

  • १८ चैत्र २०७४, आईतवार
  • 2127 पटक पढिएको

सन्दिप शर्मा÷ बेनी, १८ चैत । जिल्लाको सदरमुकाम बेनी बजारमा आइतबार नेपाल सामाजिक परिचालक कर्मचारी संघ म्याग्दीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले होसियारसिंङ विश्वकर्माको अध्यक्षतामा ११ सदस्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सन्दिप विश्वकर्मा, सचिव खमिसरा श्रीस, कोषाध्यक्ष सिता पुन र सह–सचिव लक्ष्मी पाईजा, निर्वाचित भएका छन् ।

त्यसैगरि माया शर्मा अधिकारी, चन्नदेवी पाईजा, सोविता चोखाल , कल्पना छन्त्याल र तेजकुमारी बानियाँ सदस्यमा रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल सामाजिक परिचालक कर्मचारी संघ केन्द्रीय सदस्य तेजप्रसाद शर्माले सरकारले सामाजिक परिचालकहरुलाई स्थानियतहमा गएर काम गर्ने निर्देशन दिएको बताउदै सो क्षेत्रमा गएर काम गर्न आग्रह गरेकी थिईन ।

सामाजिक परिचालक कर्मचारी संघ म्याग्दीको तर्दथ समिति संयोजक तेजकुमारी बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सामाजिक परिचालक कर्मचारी संघ चार नंम्बर प्रदेशको संयोजक पिताम्बर नेपाली, प्रदेश सदस्य विष्णु गौतम लगायतले मन्तब्य ब्यक्त गरेका थिए । भने कार्यक्रम खमिसरा श्रीसको सञ्चालन र स्वागत होसियार विकले गरेको संघको सदस्य तेजकुमारी बानियाँले बताईन ।