अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न प्रधानमन्त्रीलाई आग्रह

  • १८ चैत्र २०७४, आईतवार
  • 2379 पटक पढिएको


म्याग्दी, १८ चैत । मानव अधिकार तथा शान्ति समाज म्याग्दीले दण्डहिनताको अन्त्य लागि अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विद्यान अनुमोदन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । देशमा सदभाव प्रवद्धन, हिंसा र घृणाको खारेजी एवं दण्डहीनताको अन्त्यको अभियान संचालन गर्दै आएको मानव अधिकार तथा शान्ति समाज नेपाल शाखा म्याग्दीले रोम विधान लागु गर्न प्रधानमन्त्रीलाई माग गर्दै जिल्ला प्रशासन कार्यालय समक्ष ज्ञापनपत्र बुझाएका छन् ।
शाखा म्याग्दीले देशमा भएका विभिन्न अप्रिय घटनाको स्वरुपले समाजमा सदभाव भन्दा हिंसा बढेको हुदाँ यस्ता घटनाहरु नदोरिन र दोषिलाई कानुन बमोजिम कारबाहीको लागि रोम विधान आवश्यक भएको हुदाँ त्यसको कार्यान्वयनको लागि प्रधानमन्त्रीलाई आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
अन्तराष्ट्रिय रोम विधान लागु गर्न माग राख्दै मानव अधिकार शान्ति समितका केन्द्रिय उपसभापति राम्जीप्रसाद शर्मा, केन्द्रिय संंयोजक सञ्जयकुमार श्रेष्ठ, जिल्ला सभापति ठाकुरप्रसाद शर्मा, र उपाध्यक्ष नवराज पौडेल जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
सो ज्ञापनपत्र बुझदै– प्रजिअ कृृष्णप्रसाद अधिकारीले यो मागलाई सम्वोधन गर्नका लागि प्रधानमन्त्री समक्ष सन्देश पु¥याउर्दै कार्यान्वयन लागि अपिल गर्ने प्रतिवद्धता दिएका थिए ।
सदभाव प्रवद्र्धन, हिंसा र घृणाको खारेजी, मानव अधिकार उल्लंघन, ज्यादति र घातको सिलसिला र दण्डहीनताको अन्त्य गरि अदालतको रोम विद्यानको अनुमोदन गर्दै कार्यान्वयनको माग गरेको थियो ।