कर शिक्षा सम्वन्धि बेनीमा अन्तक्रिया

  • १७ चैत्र २०७४, शनिबार
  • धिरन खत्री
  • 2159 पटक पढिएको


बेनी, १७ चैत । म्याग्दी उद्योग वाणिज्य संघको हलमा आन्तरिक राजश्व कार्यालय र ब्यवसायी विच कर शिक्षा सम्वन्धि छलफल गरिएको छ। आन्तरिक राजश्व कार्यालय पोखरा कास्की र म्याग्दीको उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाका ब्यवसायी संग करसम्वन्धि अन्तक्रिया गरिएको हो । नेपाल सरकार अर्थमन्त्रालय अन्तर्गत आन्तरिक राजश्व कार्यालय पोखराको टोलीले कर सम्वन्धि जानकारी गराउदै ब्यवसायीको अधिकार र कर्तव्यबारे जानकारी गराएको थियो ।


सो अन्तक्रियामा कर, आयकर, मुल्य अभिवृद्धि कर, अन्तशुल्क, शिक्षा, स्वास्थ्य सेवा शुल्क कर, कर परिक्षण तथा अभिलेख सम्वन्धि ब्यवसायिलाइ जानकारी गराएका थिए । आन्तरिक राजश्व कार्यालय पोखरा कास्कीका प्रमुख केशव उप्रेतीले समृद्धि नेपाल बनाउन लागि ब्यवसायिहरुले समयमा राज्यलाई कर समयमा तिनुपर्ने बताउदै राज्यले जनताका आवश्यक सेवा सुविधालाई गुणस्तर र भरपर्दो बनाउन सहयोग पुग्ने बताएका थिए । उप्रेतीले ब्यवसायिहरुले राखेका जिज्ञाशाहरुको जवाफ पनि दिएको थिए ।
त्यस्तै कर अधिकृत विजयप्रसाद लामिछानेले आम्दानी गरेवापत वा वस्तु सेवा उपभोग गरेबापत राज्यलाई तिर्ने अनिवार्य भुक्तानी कर भएको बताउदै ब्यवसायलाई भरपर्दो र ब्यवस्थित बनाउन ब्यवसायीहरु करको दायरामा हुनुपर्ने बताएका थिए । उनले जिल्लाका ब्यवसायिलाई आर्थिक बर्षको आम्दानी, खर्च र मुनाफा प्रस्ट बनाएर आयब्यय विवरणको अभिलेख राख्नुपर्ने बताएका थिए । नेपाल सरकारकोे नियम विपरित ब्यवसाय गरि कर नतिर्नेलाई सरकारको सेवासुविधाबाट बञ्चित गरिने नियम रहनुको साथै जरिवाना पनि गरिने बताएका थिए ।


उद्योग वाणिज्य संघ म्याग्दीका अध्यक्ष उत्तम कर्मचार्यको अध्यक्षता तथा स्वागत मन्तव्य रहेको अन्तक्रिर्यामा संघका पुर्व अध्यक्षहरु तथा बेनी र दरवाङ्ग बजारका ब्यवासायीहरुको उपस्थित रहेको कार्यक्रमको संचालन महासचिव लिलाराम गौतमले गरेका थिए । सो कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका गोविन्दकुमार पौडेलको उपस्थित रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l