लायन्स क्लव अफ बेनी म्याग्दीको अध्यक्षमा किशोर श्रेष्ठ
- १७ चैत्र २०७४, शनिबार
- 1777 पटक पढिएको
म्याग्दी, १७ चैत । लायन्स क्लव अफ बेनी म्याग्दीको ११ औ अधिवेशन तथा साधारण सभाले २०१८ र १९ को अध्यक्षमा किशोर श्रेष्ठ सर्वसम्मति रुपमा चयन गरेको छ । लायन्स क्लव अफ बेनी म्याग्दीको बरिष्ठ उपाध्यक्षमा नक्कुल ढकाल, प्रथम उपाध्यक्षमा चन्द्रप्रकाश बराईली, दिप्तिय उपाध्यक्षमा सुमन श्रेष्ठ, तृतिय उपाध्यक्ष नारायणकुमार श्रेष्ठ, सचिवमा नारायणकुमार बराल, कोषाध्यक्षमा रविप्रसाद शर्मा चयन भएका छन् । भने सो समितिको सह–सचिवमा गणेशकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा राम्जी विश्वकर्मा, लायन टेमरमा विष्णु आचार्य, निर्देशकमा बलराम सुवेदी, टेलटुस्तर दशरथकुमार कर्माचार्य, रिपोटिङ अफिसरमा कमल विश्वकर्मा, एलसिआईएफमा गौरी शंकर चौधरी, स्वास्थ्थ निर्देशक पुर्ण पुन, सामुदायिकमा बालकृष्ण सुवेदी, खेलकुदमा लिलाराम गौतम, ब्यापारमा हुमनाथ सापकोटा, पिआरोमा पुर्ण बानियाँ सर्वसम्मति रुपमा निर्वाचित गरिएको निर्वाचन संयोजक ठाकुरप्रसाद शर्माले जानकारी दिए ।
लायन्स क्लव अफ बेनी म्याग्दीका अध्यक्ष अम्मर बानियाँको अध्यक्षतामा भएको सो साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्वोधन गर्दै लायन्सको एकसय बर्षको सतवार्षिकि अवसरमा सम्मानित ब्यक्तित्व याम शाक्यले लायन्स क्लवले विभिन्न क्षेत्रमा गरेको काम स्वागतयोग्य भएको बताउदै यसलाई निरन्तरता दिन आग्रह गरेका थिए । लायन्सले गर्ने विभिन्न कार्यलाई दुर्गम क्षेत्रको बस्तीमा पु¥याउन आग्रह गरेको थिए । क्लवले आखाँ दान गर्ने जनचेतनामूलक अभियान थाल्न सुझाव दिएका थिए । त्यस्तै सो क्लव बेनी म्याग्दीका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, पुर्व अध्यक्ष सन्तोष रावलले स्वागत मन्तव्य राखेका थिए ।
पुर्व अध्यक्ष कुविरकुमार श्रेष्ठलाई गोल्डमेडलले सम्मान गरिएको थियो । सो क्लवको प्रगति प्रतिवेदनमा सचिव सुमन श्रेष्ठले प्रस्तुत गरेका थिए । भने आर्थिक प्रतिवेदन नारायण कुमार श्रेष्ठले राखेका थिए । क्लवका बरिष्ठ उपाध्यक्ष किशोर श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव समुन बानियाँले गरेका थिए । क्लवले २०१८ र १९ लागि नयाँ कार्यसमिति चयन गर्ने अधिवेशनमा पुर्व अध्यक्षहरु किशोर श्रेष्ठ, विजयकुमार श्रेष्ठ, कुविरकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य लगायतकोे उपस्थित रहेको थियो ।