मल्कबाङ्गका तीन जना मिर्गौला पिडितलाई अष्ट्रीयाबाट रु १ लाख सहयोग
- ३ चैत्र २०७४, शनिबार
- 1957 पटक पढिएको
म्याग्दी, ३ चैत । म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गका मिर्गौला पिडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । मिर्गौला रोगबाट पिडित हिरामनी भलन्जा छन्त्याल, लक्षिन भलन्जा छन्त्याल र डमती घ्याप्चन छन्त्याललाई अष्ट्रीयाबाट रु १ लाख सहयोग जुटेको हो ।
रघुगंगा गाउँपालिका– ८ मंगले घर भई हाल अष्ट्रीयामा रहनुभएका इन्द्रबहादुर भलन्जा छन्त्यालको पहलमा संकलन भएको उक्त सहयोग रकम छन्त्याल संघ जिल्ला कार्य समिति कास्कीका अध्यक्ष भक्तबहादुर घरब्जा छन्त्याल मार्फत पिडित परिवारलाई हस्तान्तरण गरिएको थियो । मिर्गौलाबाट पिडित भई हाल उपचाररत तीनै जना मल्कबाङ्ग घर भई हाल पोखरामा बसोबास गर्दै आएका छन् ।
उनीहरुलाई उपचारमा आर्थिक अभाब भएपछि विभिन्न क्षेत्रबाट सहयोग जुटाउन थालिएको छ । यस अघि मिर्गौला पिडित हिरामनी र लक्षिनलाई विभिन्न मुलुकमा रहेका सहयोगदाताबाट आर्थिक सहयोग हस्तान्तरण गरिसकिएको छ ।