आमा समूहद्धारा स्वास्थ्य चौकीलाई सहयोग
- २ चैत्र २०७४, शुक्रबार
- 1831 पटक पढिएको

म्याग्दी २ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ ठूलोबगरमा रहेको आमा समूहले भुरुङ तातोपानी स्वास्थ्य चौकीलाई सहयोग गरेका छन् ।भुरुङ तातोपानी स्वास्थ्य चौकीको प्रसुती केन्द्रमा विद्युतको बैकल्पीक व्यवस्थाका लागि उपकरण खरिदका लागि आमा समूहले पन्ध्र हजार रुपैया सहयोग गरेका हुन् । लोडसेडीङ हुँदा मोवाईलको लाईट र मैनबत्ती बालेर सुत्केरी गराउनुपर्ने समस्या रहेकाले ईमरजेन्सी लाईट खरिद गर्न सहयोग गरेको समूहकी अध्यक्ष बिष्णु परियारले जानकारी दिए ।
मितेरी आमा समूहले नाचगान र विभिन्न कार्यक्रम गरेर जुटाएको रकमबाट गाउँको विकास निर्माण, सामाजिक सेवा र महिला शशक्तीकरणमा परिचालन गर्दै आएका छन् ।