तातोपानी कृषी सहकारीको नयाँ सञ्चालक समिति

  • १६ मंसिर २०७४, शनिबार
  • सन्तोष गौतम
  • 1543 पटक पढिएको

 

बेनी १६ मंसिर । बेनी नगरपालीका ४ मा रहेको तातोपानी कृषि सहकारी संस्थाको शनिबार सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले तुलप्रसाद श्रेष्ठको अध्यक्षतामा सञ्चालक समिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा उजेली श्रीसमगर, सचिवमा मिनाकुमारी क्षेत्री, कोषाध्यक्षमा मना तुलाचन र सहसचिवमा नन्दबहादुर बानिया रहनुभएको छ । यसैगरी सदस्यहरुमा पदम बानिया, पार्वती खड्का, कोपीला बानिया, बलबहादुर राना, लक्ष्मी खत्री र देवी किसान चयन हुनुभएको छ ।

लेखा उप समितिमा गिता आचार्य, कृषि उपसमितिमा नन्दबहादुर बानिया, शिक्षा उपसमितिमा मना तुलाचन, ऋण उपसमितिमा उजेली श्रीसमगर र कृष्णबहादुर खड्काको संयोजकत्वमा राजेन्द्र आचार्य र मनबहादुर रोका मगर रहेको सल्लाहकार समिति चयन भएको छ ।
४४० जनाको २७ लाख २६ हजार रुपैया सेयर पुजी रहेको सहकारीले गत आर्थिक वर्षमा ६५ लाख ४८ हजार २७२ रुपैया बचत संकलन र ७८ लाख १८ हजार ७९१ रुपैया ऋण लगानी तथा ७० हजार ६३० रुपैया मुनाफा गरेको जनाएको छ ।

साधारणसभामा जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्की, वडा अध्यक्ष गोविन्द पौडेल, शुभकामना कृषि सहकारी संस्था सिंगाका अध्यक्ष केदार पौडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । तुलप्रसाद श्रेष्ठको अध्यक्षता, उजेली श्रीसमगरको स्वागत र मिनाकुमारी क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सन्तोष गौतम