राष्ट्रिय जनजागृती माविमा नृत्य प्रतियोगिता सम्पन्न
- १६ मंसिर २०७४, शनिबार
- 1601 पटक पढिएको
बेनी १६ मंसिर । म्याग्दीको मंगला गाउँपालीका १ पूर्णगाउँमा रहेको राष्ट्रिय जनजागृती माविमा शनिबार जिल्ला स्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
जागृती बाल कल्व र जुरेसले आयोजना गरेको प्रतियोगितामा २६ विद्यालयले सहभागीता जनाएका थिए । प्रतियोगितामा बेनीको प्रकाश माविकी रेजीना शेरपुञ्जा प्रथम, न्यु वेष्ट पोईन्ट आवासीय माविकी एलीसा पुन दितृय, अमर मावि पाखापानीकी ईशा शेरपुञ्जा तितृय, डनीङ आवासीय मावि बाबियाचौरकी यामकुमारी पुन र दिपशिखा मावी कुहुँकी स्नेहा रोका सान्तवना भएका छन् ।
प्रथम, दितृय, तितृय र सान्तवना हुनेलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश नगद १५ हजार ५५५, आठ हजार ८८८, चार हजार ४४४ र एक हजार पाँच सय रुपैयाका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष रनबहादुर अर्मजाको अध्यक्षता, वेष्ट पोईन्ट आवासीय मावि बेनीका प्रिन्सीपल डाक्टर लाल रापचाको प्रमुख आतिथ्यता, शिक्षक भवीदत्त सुवेदीको सञ्चालन र विद्यार्थी सलीना खत्रीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।