सौगात सहकारीको साधारण सभा तथा तेस्रोअधिवेशन सम्पन्नः अध्यक्षमा सन्तोष ढुङ्गना

  • १६ मंसिर २०७४, शनिबार
  • धिरन खत्री
  • 1804 पटक पढिएको

म्याग्दी, १६ मंसिर । सदरमुकाम बेनीमा रहेको सौगात बहुद्देश्यीय सहकारी संस्थाको आठौ साधारण सभा तथा तेस्रो अधिबेशन शुक्रबार सम्पन्न भएको छ । सहकारीको आठौ साधारण सभा तथा तेस्रो अधिवेशनले सन्तोष ढुङ्गनाको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ ।


समितिको उपाध्यक्षमा शर्मिला ढुङ्गना,सचिवमा प्रदिप खत्री, कोषाध्क्षमा नवराज सुवेदी, सह–सचिवमा उषा सुवदी चयन भएको समितिको सदस्यमा यामकुमारी गर्वुजा, गंगा खत्री, नेत्रराज सुवेदी, सन्तुकुमारी कार्की, शिव सुवेदी र सुजन बरुवाल रहेका छन् । समितिको पदेन सदस्यमा निर्वतमान अध्यक्ष भगवती शर्मा रहेकी छन् ।

सो साधारण सभामा बोल्दै जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले स्थानीय कृषकले उत्पादन भएको सामाग्रीलाई निरन्तरता दिन आग्रह गर्दै सहकारीबाट पाउने सामानहरुलाई प्रचाप्रसार गर्न आवश्यक रहेको बताउनुभएको थियो ।
त्यस्तै साधारणसभामा मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमाया विटालु, भु।पु अध्यक्ष चिरञ्जीवी रेग्मी, सल्लाकार राम्जी सुवेदी, संगम म्याग्दीका अध्यक्ष दिपक पौडेल लगायतले मन्तव्य राखेका थिए।

संस्थाले आर्थिक बर्ष २०७३÷ ७४ मा १ करोड ७४ लाख, ३२ हजार ७०३ रुपैया कारोवार गरेको थियो । संस्थाको शियर लगानी ३३ लाख ९१ हजार ९०० रुपैया रहेको छ । संस्थाको हालसम्म कर्जा लगानी १ करोड २७ लाख ३२ हजार ७३८ रुँपैया रहेको सहकारीको निक्षेप संकलन १ करोड १ लाख ५२ हजार १५ रुपैयाँ पुगेको छ ।
सहकारीका अध्यक्ष भगवती शर्माको अध्यक्षता, यामकुमारी गर्वुजाको स्वागत रहेको कार्यक्रमको संचालन उषा किसानले गरेकी थिईन ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l