रघुगंगा माविमा लैङ्गीक हिंसा विरुद्धको कार्यक्रम
- १५ मंसिर २०७४, शुक्रबार
- दिपक शर्मा
- 1667 पटक पढिएको
म्याग्दी, १५ मंसिर । रघुगंगा गाउँपालीका ३ पिप्लेको रघुगंगा माविमा शुक्रबार लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
युवा सञ्जाल म्याग्दीको आयोजना र सिविन नेपालको समन्वयमा भएको कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरुलाई लैङगीक हिंसाको कारण, यसले पार्ने प्रभाव र न्युनीकरणका उपायका विषयमा जानकारी गराइएको थियो ।
सिविन नेपालका जिल्ला संयोजक प्रेम सिङमेनको अध्यक्षतामा भएको कार्यक्रममा सोनी थापा, रञ्जना श्रेष्ठ, मिना बुढा मगर र ज्योती पुनले हिंसा न्युनीकरणमा विद्यार्थी तथा किशोर किशोरीको भुमिकाको विषयमा प्रष्टाउनुभएको थियो ।
विद्यालयका प्रअ रमेशसिङ ठकुरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर शाही, युथ ब्वाईज नेटवर्कका अध्यक्ष थम आचार्य, सिविन म्याग्दीका सामाजिक परिचालक खिमा पुर्जा र शिक्षक ईन्द्रदत्त सुवेदीले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन युथ ब्वाईज नेटवर्क सदस्य दिपक शर्माले गर्नुभएको थियो ।