म्याग्दी महोत्सवमा खुल्ला लोक दोहोरी र रत्यौली प्रतियोगिता हुने
- १५ मंसिर २०७४, शुक्रबार
- 1711 पटक पढिएको
म्याग्दी,१५मंसिर । आगामी पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सवमा खुल्ला लोकदोहोरी गित प्रतियोगिता प्रमुख आकर्षणको रुपमा रहने भएको छ ।
महोत्सव मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले बिहीबार खुल्ला लोकदोहोरी गित र रत्यौली प्रतियोगिता थप गर्ने निर्णय गरेको छ । यसअघि महोत्सवमा लोकदोहोरीको विकल्पमा लाईभ दोहोरी आयोजना गर्ने निर्णय भएको थियो ।
लोक दोहोरी गित प्रतिष्ठान र कलाकारसंगको छलफलपछि सर्वाधिक पुरस्कार राशीको व्यवस्था सहित प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको लोक दोहोरी तथा रत्यौली गित प्रतियोगिता उपसमितिका संयोजक सुबिन श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार खुल्ला लोकदोहोरी गित प्रतियोगितामा बिजेतार्ला एक लाख एक हजार १११ र दितृयलाई ५१ ह्जार १११ तथा सहभागी समूहलाई प्रतिदिन दुई हजारका दरले भक्ताको व्यवस्था गरिने भएको छ ।
यसैगरी गाउँनगरपालीका स्तरीय खुल्ला रत्यौली प्रतियोगिताको बिजेतालाई १५ हजार १११ र उपबिजेतालाई ७ हजार १११ रुपैया पुरस्कारको व्यवस्था गरिने भएको छ । एकल नृत्य प्रतियोगिता भने सञ्चालन नगर्ने निर्णय भएको छ ।