छैटौ म्याग्दी महोत्सवको तयारी सुरु
कृषि, पर्यटन, औद्योगिक क्षेत्रलाई प्रोत्साहन
- १४ मंसिर २०७४, बिहीबार
- धिरन खत्री
- 1779 पटक पढिएको
म्याग्दी, १३ मंसिर । आगामी पौष २८ गते देखि माघ ७ गतेसम्म हुने छैटौ म्याग्दी महोत्सवमा विविध कार्यक्रमको तयारी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा प्रदेशस्तरीय कृषि, पर्यटन र औद्योगिक ब्यापार मेला २०७४ आयोजना गरिएको हो ।
संघले पत्रकार सम्मेलन गरि महोत्सवको तयारी सुरु गरिएको जानकारी गराएको हो । संघका अध्यक्ष उत्तम कर्माचार्यको मूल नेतृत्वमा कार्यसमितिको सदस्यहरुको संयोजकत्वमा ३९ सदस्यीय उपसमिति गठन गरिएको छ।
माघे सक्रान्ति पर्वको अवसरमा आयोजना गरिएको महोत्सव दश दिन सम्म संचालन हुने छ । महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यट भित्र्याउने लक्ष रहेको छ। भने एक करोड रुपैया बराबरको कारोबार हुने अनुमान गरिएको छ। महोसत्वमा १८० ब्यापार स्टल रहने छ । जिल्लाको स्थानीय उत्पादनलाई बजार प्रर्वद्धन, कला र सस्कृतिको संरक्षण, कृषि, पर्यटन, जलविद्युत, खनिज र पशुपालन लगायतको क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष कर्माचार्यले बताउनुभयो ।
महोत्सवमा स्थानीय उत्पादनका साथै प्रदेशस्तरका औद्योगिक प्रदर्शन साथै पुरुष महिला भलिबल, बास्केटबल, एकल र खुल्ला नृत्य प्रतियोगिता, लाईफ दोहोरी, राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट गित तथा नृत्य पस्तुती, जिल्लाको कलासस्कृतिको झाँकी प्रदर्शनी, लगायतका कार्यक्रम आयोजना गरिने छ । महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाबाट विक्रि भएर आएको आम्दानी मध्य जिल्लाको विभिन्न सामाजिक संघसंस्था अपाङ्ग संघ, पत्रकार महासंघ, बेनी खानेपानी र १ रुपैया ५० पैसा बसपार्क सरसफाईमा सहयोग गरिने भएको छ । प्रत्येक टिकट विक्रिवाप मध्ये २ रुपैया बेनी बजारमा जडान गरिएको सिसिटिभि क्यामेरा मर्मतमा सहयोग गरिने जानकारी दिएका छन् ।
महोत्सवमा ८३ लाख १३ हजार रुपैया आम्दानी र ७३ लाख ११ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ, भने १० लाख बचत गर्ने लक्ष रहेको छ । महोत्सवको अवसरमा पारेर म्याग्दीका सम्भावनाको विषयलाई समेटेर वृतचित्र निर्माण गरि प्रर्दशन गरिने छ । त्यस्तै जिल्लाको प्रचुर जलस्रोतलाई लगानी वाताबरण सृजना गर्न सहयोग गर्ने जानकारी गराईएको छ। कालिगण्डकी नदीमा ¥याफटिङ र मिनि चिडियाघर प्रर्दशनी गरिने संघले जनकारी दिएको छ ।
स्थानीय कृषि, वन तथा पशुजन्य घरेलु तथा लघु प्रदशनी तथा विक्रि र विद्यालयको हस्तकला तथा शैक्षिक प्रर्दशनलाई निशुल्क दिइने छ ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l