शिखको पाखा भुमेथान, जहाँ पुजा गर्न महिलालाई निषेध हुन्छ ! (फोटो फिचर)
- १२ मंसिर २०७४, मंगलवार
- 2407 पटक पढिएको
म्याग्दी, १२ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउपालिका वडा न ५ शिखमा रहेको पाखा भुमे थानमा मंगलवार पुजा गरिएको छ । प्रत्येक उजेलिको मंगलबार पुजा हुने यस थानमा पुजा गरेमा मनोकामना पुरा हुने जनविश्वास रहेको छ । यस थानमा स्थानीयबासीले मंगलवार बोका, कुखुराको भाले, पोथिले बली दिएर पुजा गरेका हुन् ।
यस थानमा पुजा गर्नको लागि महिलाहरुलाई निषेध गरिएको हुन्छ । परम्परादेखि नै महिलाहरुले यस थानमा पुजा नगर्ने चलन रहेको स्थानीय सुरेन गुरुङले जानकारी दिए । पुजा गर्ने ठाउँमा महिलाहरु नजाने र प्रसाद पकाएर खाने ठाउँसम्म मात्रै महिलाहरु जाने उनको भनाई छ ।
शिखमा प्रशिद्ध यस पाखा भुमे थानको अझै संरक्षण र प्रचार गर्न सके धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने स्थानीय बताउँछन् । शिखको न्यु कान्छी बराहि युवा कलबद्वारा उक्त स्थानमा पानी धारा चर्पी निर्माण भएको छ भने सतल बनाउने कामको पनि तयारी भईरहेको गुरुङले जानकारी दिए ।