छोसेर मतदान केन्द्रमा खटिएका एक कर्मचारीको लेक लागेर मृत्यू

  • १२ मंसिर २०७४, मंगलवार
  • सुन्दर कुमार थकाली
  • 2407 पटक पढिएको

मुस्ताङ, १२ मंसिर । पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन गराउन उपल्लो मुस्ताङको छोसेर मतदानकेन्द्रमा खटिएका एक कर्मचारीको अत्यधिक चिसो र लेक लागेर मंगलबार मृत्यू भएको छ । यसअघि मूख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटिने मतदान अधिकृत सहायक मतदान अधिकृत र स्वयंम् सेवक सहयोगीलाई गत बिहिबार गोलाप्रथाद्धारा कर्मचारी समायोजन गरेको थियो ।गोलाप्रथाबाट उत्तरी कोरलानाकाको करिव १० किमी वरको दिब्यदिप मतदानकेन्द्र छोसेरमा खटिएका जिल्ला घरेलु तथा साना उद्योग बिकास समितको उद्योग बिकास शाखा मुस्ताङमा कार्यरत कार्यालय सहयोगी ४५ वर्षिय लेखनाथ निउरेको चिसो र लेक लागेकै कारण उपचारका क्रममा मृत्यू भएको जिल्ला स्वास्थ कार्यालय जोमसोमले पूष्टि गरेको छ ।

जिल्ला स्वास्थ कार्यालय जोमसोममा कार्यरत डा. राम शर्मा सुबेदीले निउरेको हाईअल्टिच्यूट र चिसोले मृत्यू भएको बताए ।‘मृतक निउरेलाई २ दिन अगाबै हाईअल्टिच्यूट र चिसोले च्यापिसकेको रहेछ’डा. शर्मा सुबेदीले भने‘जोमसोम आईपुग्दा उनको शरिर कमजोर भएको र अक्सिजन दिएर बचाउँने प्रयास गर्दा समेत सफल हुँन सकेनौ ।’

पहिलो चरणको मंशिर १० गते भएको निर्वाचनका लागि खटिएका मृतक निउरे गत शुक्रबार उपल्लो मुस्ताङतर्फ प्रस्थान गरेका थिए ।उनी संगै मतदान अधिकृत आईतलाल थकाली,सहायक मतदान अधिकृत बुद्धिराम उपाध्याय,पबित्रा थापा,मुकेश यादब,धन कुमारी गुरुङ,साम बहादुर गुरुङ उक्त मतदानकेन्द्रमा पुगेका थिए ।

मतदानको २ दिन अघि उपल्लो मुस्ताङ पुगेका निउरेलाई मतदानको दिन आईतबारनै लेक लागेर बिमारी भएको उनी संगै मतदानमा खटिएका मतदान अधिकृत आईतलाल थकालीले जानकारी दिए । लेक र चिसोले छोईसकेको र भौगोलिक बिकटता र पर्याप्त उपचार नहुँदा उनको मृत्यू भएको मतदानमा खटिएका टोलीले बताए ।छोसेरको मतदान कार्यक्रम सकेर सदरमुकाम र्फिकएका निउरेलाई सोमबार साँझ जिल्ला स्वास्थ कार्यालयमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

बाग्लुङ घर भई चितवन बसोबास गर्दे आएका मृतक निउरे २०६८ साल देखि उद्योग बिकास शाखा मुस्ताङमा कार्यालय सहयोगी भएर कार्यसम्पादन गर्दे आएका थिए । Source: www.samadhannews.com

सुन्दर कुमार थकाली