म्याग्दीमा खसेको झण्डै ६३ प्रतिशत मत ! कुन बुथबाट कती मतदान भयो, हेरौँ (सुचिसहित)
- १२ मंसिर २०७४, मंगलवार
- 3996 पटक पढिएको
म्याग्दी, १२ मंसिर । आईतवार भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीमा करिब ६३ प्रतिशत मात्रै मत खसेको छ । जिल्लाको ४५ वटा वटामा गरिएको मतदानमा जिल्लामा कुल मतदाता ७५ हजार ५३७ जनामध्ये ४७ हजार ४४९ जनाले मतदानमा सहभागीता जनाएका हुन् ।
खसेको मत मध्ये २६ हजार ३१८ महिला र २१ हजार १३१ जना पुरुष मतदाताले मतदान गरेका छन् । सदरमुकाममा गणनाको लागी ल्याईएका मतपेटिकाहरुलाई मंसिर २१ गते निर्वाचन हुन बाँकी रहेका जिल्लामा हुने दोस्रो चरणको चुनाबसम्म सुरक्षित साथ राखिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा बन्द कोठामा राखिएका मतपेटिकाहरुको सुरक्षाको लागि निर्वाचन अधिकृतको कार्यालयले लगाएको तालामा दलहरुको छुट्टाछुट्टै लाहछापले शिलबन्दी गरिएको छ । मंसिर २१ गते साँझ ५ बजेदेखि मात्रै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी खेमराज पाठकले जानकारी दिनुभयो । हेरौँ कुन बुथबाट कति मत खस्यो सुचिसहित खसेको मत
स्रोत मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दी