गरीमाको भुरुङ तातोपानी शाखा पोखरेबगरमा स्थानान्तरण
- १२ मंसिर २०७४, मंगलवार
- सन्तोष गौतम
- 1808 पटक पढिएको
बेनी १२ मंसिर । गरिमा विकास बैङ्कको म्याग्दीको अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानी बजारमा रहेको शाखा सोमबार सोही गाउपालीकाको केन्द्र पोखरेबगरमा स्थानान्तरण भएको छ । वि.स २०६७ देखि भुरुङ तातोपानीबाट वित्तिय सेवा दिदै आएको बैङ्कले संघिय व्यवस्थाको नयाँ संरचना अनुसार गाउपालीकाका सबै बासिन्दालाई समेट्ने गरी पोखरेबगरमा शाखा स्थानान्तरण गरेको हो ।
गाउपालीकाको केन्द्र रहेकै स्थानमा बैङ्कको शाखा भएपछी नियमित वित्तिय सेवाका अलावा गाउपालीका मार्फत सञ्चालन हुने योजनाको लागि खाता खोल्न र भुक्तानी लिन सहज हुने अपेक्षा गरिएको छ ।
शाखाले अन्नपूर्ण गाउपालीकाको सबै वडाका बासिन्दालाई लक्षित गरेर बैङ्कीङ सेवा दिइरहेको प्रबन्धन जितबहादुर गर्बुजाले बताउनुभयो ।
म्याग्दीका छ वटा स्थानीय तह मध्य रघुगंगा र धौलागिरी गाउपालीकामा बैङ्कको पहुच पुग्न सकेको छैन् । बैङ्क नहुदा सरकारी कारोबारका लागि त्यहाका बासिन्दा सदरमुकाम बेनी र दरवाङ पुग्न बाध्य छन् ।