सबै मतदान केन्द्रको मतपेटिका बेनीमाः गुर्जाको मतपेटिका हेलिकप्टरबाट
- ११ मंसिर २०७४, सोमबार
- धिरन खत्री
- 2797 पटक पढिएको
म्याग्दी, ११ मंसिर । म्याग्दीको सबै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन कार्यालय बेनीमा ल्याएको छ । सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दुरिमा रहेको धौलागिरि गाउँपालिका १ र्गुजाको मतपेटिका हेलिकप्टरबाट सोमबार विहान बेनी ल्याएको हो ।
जिल्लाको भौगोलिक रुपमा विगट मानिने गुर्जाको मतेपेटिका ल्याउन यातायातको पहुच नपुग्नु, सुरक्षा चुनौतीका कारण मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिएको हो । गुर्जा १ मा ६ सय ७३ मतदाता संख्या रहेको मध्ये ३ सय ७५ मत खसेको थियो । शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको म्याग्दीमा ६३ प्रतिशत मत खसेको थियो । जिल्लामा ७५ हजार ५३८ मत रहेको थियो ।
१ बेनी नगरपालिका ५ गाउँपालिका सहित ४५ ओटा वडा रहेको जिल्लामा ७२ मतदान स्थल र १०६ मतदान केन्द्र रहेको थियो । १ प्रतिनिधि र २ प्रदेश सभा रहेको जिल्लामा १३ जनाको उम्मेद्वार रहेपनि मुख्य प्रतिस्पर्धा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा हुने देखिन्छ ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l