म्याग्दीमा मतदाता शिक्षाको लागि यसरी परिचालन भएका छन स्वयमसेवक

  • ६ मंसिर २०७४, बुधबार
  • सन्तोष गौतम
  • 2308 पटक पढिएको

म्याग्दी ६ मंसिर । आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा बरद मत घटाउने र सदर मतको दर बढाउने उद्देश्यले म्याग्दीका टोल टोलमा मतदाता शिक्षा अभियान सञ्चालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा स्वमसेवकको रुपमा खटाएका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वमसेवीका र बालकक्षा सहयोगी कार्यकर्ता सर्वसाधारणलाई सहि तरीकाले मतदान गर्ने तरिका सिकाउँदै टोल टोलमा पुगेका हुन् । निर्वाचन कार्यालयले कात्तिक २५ गतेदेखि म्याग्दीका १०६ वटै मतदान केन्द्रमा एकएक जनाका दरले मतदाता शिक्षा स्वमसेवक खटाएको छ ।

स्वमसेवकहरुले टोल टोलमा पुगेर स्थानीयबासीलाई भेला गराई प्रतिनिधि र प्रदेशसभा, चुनावको महत्व, चुनावको आचारसंहिता, मतदाताले ध्यान दिनुपर्ने विषय र सहि तरिकाले मत संकेत गर्ने तरीका सिकाउने काम गरिरहेका छन् । बेनी नगरपालीका १० पात्लेखेतकी सामाजिक परिचालक रिता शर्माले सबै टोलमा पुगेर मतदाता शिक्षा प्रदान गरेको बताउनुभयो ।


मतदाता शिक्षा कार्यकर्ताहरुले सार्वजनिक स्थलका साथै समूहमा खेतबारीमा काम गरिरहेका सर्वसाधारणलाई पनी मतदानको तरीका सिकाएका छन् । मतदाताले आफूले चाहेको दल र उमेद्वारलाई दिएको मत खेर नआवोस भनेर घरघरमा मतदाता शिक्षा पु¥याएको बेनपा ३ की सामाजिक परिचालक कल्पना छन्त्यालले बताउनुभयो ।

मतदाता शिक्षाका लागि पर्चा, पम्पलेट र नमुना मतपत्र प्रयोग गरिएको छ । यसपाली प्रतिनिधि र प्रदेशसभाको चुनाव एकै पटक हुदैछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)को प्रतिनिधि र प्रदेशसभाका लागि छुट्टा छुट्टै मतपत्र रहेको छ । समानुपातीकको एउटै मतपत्रको माथिल्लो भागमा प्रतिनिधि र तल्लो भागमा प्रदेशसभाका लागि दलको चुनाव चिन्हमा संकेत गर्नुपर्नेछ । पहिलो हुने निर्वाचन प्रणालीमा उमेद्वार नभएको दलको चुनाव चिन्ह छैन् ।

विगतका चुनावमा मतदाता शिक्षाको कमीका कारण बदर मतको दर बढी भएकाले मतदाता शिक्षा अभियान प्रभावकारी बन्न नसकेको आरोप लाग्ने गरेको थियो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन स्थलगत अनुगमन समेत भैरहेको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो । निर्वाचन कार्यालयका अतिरित्त राजनितिक दलहरुले पनि नमुना मतपत्र सहित घरदैलो गरेर आफ्ना उमेद्वार र पार्टीलाई मतदान गर्ने सिकाईरहेका छन् ।

सन्तोष गौतम