पिप्लेमा वामगठबन्धनको आमसभाः अलपत्र परेको राहुघाट जलविधुत सुचारुमा प्राथमिकता दिने थापाको जोड
- ६ मंसिर २०७४, बुधबार
- धिरन खत्री
- 2296 पटक पढिएको
म्याग्दी, ६ मंसिर। आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसंगै नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले बुधबार रघुगंगा गाउँपालीका ३ पिप्लेमा संयुक्त आमसभा सम्पन्न गरेको छ ।
आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले एमाले र माओवादीको पहलमा जारी भएको संबिधानको कार्यान्वयन गर्दै देशलाई समृद्ध बनाउन वामगठबन्धनको नेतृत्व आवश्यक रहेको बताउनुभयो । जिल्लाको विकास योजनालाई पुर्णता दिन र पर्यटन, जलविद्युत, कृषि र जडिबुटीको सदुपयोग गरि स्वदेशमै रोजगार सिर्जना गर्न बामगठबन्धनको स्थायी सरकार मुलुकलाई आवश्यक रहेको हुदाँ उम्मेद्वार थापाले बामगठबन्धनलाई भोट गर्न मतदातालाई आग्रह गरेका छन् । बामगठबन्धनप्रतीको जनलहरका कारण अत्तालीएको काँग्रेसले फिजाँएको भ्रममा नपरी कम्प्युनिष्टलाई पाँच वर्षसम्म सरकार चलाएर जनताको जिवनस्तर सुधार गर्ने र गाउँ गाउँमा विकासको लहर ल्याउने अवसर दिन जोडदिनुभएको थियो । राहुघाट जलविधुत आफ्नै कार्यकालमा पुर्णता दिन बामगठबन्धन नेतृत्वले पहल गर्ने प्रतिवद्धता दिनुभयो ।
प्रदेशसभा क्षेत्र (क) का माओवादी केन्द्रका उम्मेद्वार बिनोद केसीले पञ्चायतकालमा राखुका चार वटा पञ्चायतलाई गाभेर २ वटा बनाएपछि विकासमा पछि परेको राखु पिप्लेको विकासका लागि आफ्नो उम्मेद्वारी अवसर भएको बताउँदै त्यती बेला अन्यायमा परेका जनतालाई न्याय दिलाउन प्राथमिकता दिने बताउनुभयो । रघुगंगामा गाउँपालिकाको विकास प्रमुख श्रोत राहुघाट जलविद्युत आयोजनालाई अघि बढाउन प्राथमिकता दिने, बनजङगल खनीज, पर्यटनलाई सदुपयोग गरि विकासलाई प्राथमिकता साथै युवा रोजगारको बातारण सिर्जन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ ।
यसअघिको सरकारको पहलमा गलेश्वर पिप्ले हुदै भगवती बेग र मौवाफाँट दग्नाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाको डिपीआर तयार भएको र कार्यान्वयनको प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । त्यस्तै समानुपातिक उम्मेद्वार थममाया थापाले नेपालमा छोटो समयमा सरकारको नेतृत्व गर्दा कम्प्युनिष्ट पार्टीले सुरुवात गरेका जनमुखी कामलाई निरन्तरता दिदै थप कार्य गर्न एमाले माओवादीको गठबन्धन उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।
नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द्र पौडेललले म्याग्दीकोसडक, शिक्षा, स्वास्थ्य, संचार, पर्यटन, जलस्रोत र कृषि क्षेत्रको विकास समुदायको पक्षमा अहिलेसम्म कम्युनिष्टको नेतृत्व गर्दै आएको बताउदै सो योगदानलाई मूल्याकंन गर्दै अलमलमा नपरि वामगठबन्धनलाई भोट हालेर जिताउन आग्रह गरेका थिए ।
त्यस्तै नेकपा एमालेका जिल्ला उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदी, नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेद्वार जनताको चाहना अनुसार एमाले माओवादीबीच चुनावी तालमेल मात्र नभएर छिट्टै पार्टी एकता हुन लागेको बताउनुभयो ।
सो आमसभामा युवा नेता सन्तोष रावल, दिपक कार्की र रिमबहादुर कटुवालले जनता धेरै सचेत भएकाले जातीय नारा, पैसा, भ्रमको खेती र डरधम्कीमा नपर्ने बामगठबन्धनलाई आग्रह गरे
एमाले पिप्ले गाउँ कमिटिका अध्यक्ष अर्जुन सुवेदीको अध्यक्षता, माओवादी नेता सुवास विश्वकर्माको संचालन र नेता खिम शाहीको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा वामपन्थी कार्यकताको बाख्लो उपस्थित भएको थियो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l