२८ औँ अन्तराष्ट्रिय वालदिवसको अवसरमा विद्यालयका बालबालिकालाई सुईटर वितरण

  • ४ मंसिर २०७४, सोमबार
  • धिरन खत्री
  • 2089 पटक पढिएको

म्याग्दी,४ मंसिर । २८ औँ अन्तराष्ट्रिय बालअधिकार दिवसका अवसरमा बालमन्दिर विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकालाई जाडोमा लगाउने सुईटर वितरण गरेर बालदिवस मनाएको छ । जिल्ला बालसंजाल म्याग्दीको आयोजनामा बालमन्दिर आधारभूत विद्यालयका १ देखि ५ सम्म पढ्ने ७० जना बालबालिकालाई न्यानो कपडा सुइटर वितरण गरि दिवस मनाएको हो ।


बालबालिका सुईटर वितरण गदै जिल्ला बालकल्याण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा सुईटर सहयोगले बालदिवसको मर्म देखिएको हुदाँ आयोजक तथा सहयोगी संस्था तथा कार्यालयलाई धन्यबाद दिदै यस्तो सहयोगलाई समाजमा निरन्तरता दिन आग्रह गर्नुभएको थियो । सो कार्यक्रममा बालमन्दिर आधारभूत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्र महतले विद्यालयमा आर्थिक अवस्था कमजोर भएका वालवालिकालाई न्यानो कपडा सहयोगले शैक्षिक गुणस्तरमा सहयोग पुग्ने बताउनुभयो ।

सबैको साथ तथा सहयोगले शैक्षिक गुणस्तर विकास भएर मात्र विद्यार्थी तथा अभिभावकलाई सरकारी विद्यालय सुनको थाल बन्ने बताउनुभयो । त्यस्तै सो कार्यक्रममा नागरिक समाजका अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ, गैसस महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, म्याग्दी उद्योग बाणिज्य महासंघका अध्यक्ष उत्तम कर्माचार्य लगायतले वालवालिकालाई समाजको विकास योग्य सिपाई बनाउन विद्यालयमा उनीहरुको आधारभूत आवश्यकतालाई प्राथमिकता दिनुपर्नेमा जोडदिएका थिए । विद्यालयका बालबालिकालाई जिल्ला बालकल्याण समिति, महिला तथा बालबालिका कार्यालय र सिविन नेपालको सहयोगमा र्सुटर वितरण गरिएको थियो ।


जिल्ला वालकल्याण समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षता, विद्यालयका प्रअ सुरेन्द्र केसीको स्वागत र जिल्ला बालसंजाल म्याग्दीकी सदस्य गिता बुढाको संचालनमा भएको सुईटर वितरण कार्यक्रममा जिल्ला बालसंजाल म्याग्दीको कार्यसमिति र विद्यालयमा अध्ययनरत विद्याथी तथा अभिभावकको उपस्थित रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l