वामगठबन्धनको घराम्दी, टिकोट र औलगाउँमा चुनावी आमसभा सम्पन्नः जातीय रुपमा नबहकिन मतदातालाई थापाको आग्रह

  • ३ मंसिर २०७४, आईतवार
  • 2203 पटक पढिएको

म्याग्दी,३ मंसिर । आगामी मंसिर १० गते हुने निर्वाचनको मिति नजिकिएसंगै वामगठबन्धनले चुनावी आमसभालाई तिव्रता दिएको छ। आइतबार वामगठबन्धनले प्रदेश क्षेत्र नम्बर १ को अन्नपुर्ण गाउँपालिकाको घराम्दी, टिकोट र औलगाउँमा चुनावी आमसभा सम्पन्न गरेको छ ।


आमसभालाई सम्बोधन गर्दै वामगठबन्धन म्याग्दीका प्रतिनिधि सभाका उम्मेद्वार भुपेन्द्र थापाले कोहीपनि जातीय आधारको नारामा नबहकिन मतदाता तथा कार्यकतालाई आग्रह गर्नुभएको थियो । जिल्लाको विकासलाई पुर्णता दिन र पर्यटन, जलविद्युत, कृषि र जडिबुटीको सदुपयोग गरि स्वदेशमै रोजगार सिर्जना गर्न बामगठबन्धनको स्थायी सरकार मुलुकलाई आवश्यक रहेको थापाले बताउनुभयो । त्यस्तै कार्यक्रममा बौल्दै प्रदेश क्षेत्र नम्बर १ का उम्मेद्वार विनोद केसीले सडक शिक्षा, खानेपानी र भौतिक पुर्वाधार निर्माण लागि जिल्लामा भएको स्रोतसाधनलाई ब्यवस्थित प्रयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

सो कार्यक्रममा समानुपातिक उम्मेद्वार थममाया थापाले जनताको चाहना अनुसार देशको विकास वामगठबन्धनले गर्नेभएको हुदाँ ढुक्क भएर मतको सदुपयोग गर्न मतदातालाई आग्रह गर्नुभएको थियो । त्यस्तै आभसमा बोल्दै समानुपातिक उम्मेद्वार टेकबहादुर विक, युवा नेता सन्तोष रावल, नारायण पुन र सुवास विकले लोकतन्त्र भन्नै नसुहाउने पुजीबादी दलालहरु काग्रेस र राप्रपाले लोकतन्त्रबादी भनेर हिड्दा देशको जनतामाथि लोकतन्त्रको मर्म विपरित खोक्रो लोकतन्त्रबादी भन्नु तानाशाह प्रवृति भएको हुदाँ बास्तविक लोकतन्त्रबादी बामगठबन्धन भएको हुदाँ मतदातालाई भोट हाल्न आग्रह गर्नुभएको थियो ।
सो आमसभामा सयुक्त वामगठबन्धनका मनबहादुर पुर्जाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकता तथा मतदाताहरुको बाख्लो उपस्थितीमा सम्पन्न भएको थियो ।