नयाँगाउँमा वाम गठबन्धनको चुनाव प्रचारप्रसार समिति
- २ मंसिर २०७४, शनिबार
- 2551 पटक पढिएको
म्याग्दी, २ मंसिर । नजिकिँदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी गठबन्धन र त्यसपछि पार्टी एकताको घोषणा गरेका नेकपा एमाले र माओवादी केन्द्रको गाउँ अभियान जारीरहेको छ । यसैक्रममा शुक्रबार बेनी नगरपालिका–५ पुलाचौरको नयाँगाउँमा सम्पन्न अगुवा कार्यकर्ता भेलाले वाम गठबन्धनको २५ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन भएको छ ।
भेलाले छेकविर दर्जी संयोजक, जयन्ति परियार सहसंयोजक, हिरा कार्की सचिव र जुना परियार सहसचिव रहेको समिति गठन गरेको छ । समितिको सदस्यहरुमा नरबहादुर दर्जी, खेमलाल दर्जी (क), खेमलाल दर्जी (ख), रेशमबहादुर दर्जी, हिराबहादुर दर्जी, कोपिला दर्जी, मनकुमारी विक, नन्दकुमारी पाईजा, सम्झना परियार, कल्पना परियार, शान्ति थापा, सर्वे परियार, भरतकुमारी बानियाँ, टेकविर दर्जी, विष्णु नेपाली, रमा नेपाली, सोविता नेपाली, शान्ति नेपाली, सुनमाया नेपाली, सम्झना रत्न, रणबहादुर नेपाली र रत्नबहादुर दर्जी रहेका छन् ।
भेलालाई नेकपा एमाले केन्द्रीय स्कुल विभाग सदस्य गोविन्दप्रसाद सुवेदी, बेनपा–५ का वडाध्यक्ष लक्ष्मण बानियाँ, एमाले जिल्ला सचिवालय सदस्य रामप्रसाद सुवेदीले देशको विकास र समृद्धिका लागि वाम गठबन्धन भएको बताउँदै आसन्न निर्वाचनमा वाम गठबन्धनको पक्षमा मतदान गर्नुपर्ने बताएका छन् । कार्यक्रममा एमाले जिल्ला सल्लाहकार चन्द्रबहादुर पाईजा, नेकपा माओवादी केन्द्रका वडा संयोजक सागर पौडेल र नगर कमिटी सदस्य भरत भण्डारीले देशमा वाम गठबन्धनको विकल्प नभएको बताएका थिए ।
कार्यक्रम एमाले जिल्ला सदस्य हेमराज शर्माको सञ्चालन र बेनपा–५ का वडा सदस्य यामकुमारी पाईजाको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैबीच शुक्रबारै पुलाचौरको खोरगैरा, फुर्केसल्ला र भीरमुनीमा घरदैलो कार्यक्रम गरिएको छ । आसन्न निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि मतदातालाई भोट माग्दै घरदैलो र भेटघाट गरिएको एमाले जिल्ला सदस्य गोविन्द बानियाँले बताए ।