अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा कायम

  • २६ कार्तिक २०७४, आईतवार
  • सन्तोष गौतम
  • 4648 पटक पढिएको

म्याग्दी २६ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको स्थाई केन्द्र पोखरेबगर कायम भएको छ ।
आईतबार भएको गाउँसभामा बहुमतले पोखरेबगर केन्द्र कायम गर्ने निर्णय भएको गाउँ कार्यपालीकाका प्रवत्ता कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो । राज्य पुनसंरचनाका क्रममा अन्नपूर्ण गाउँपालीका ६ मा पर्ने साविक घार गाविसको कार्यालय स्थानलाई अस्थाई केन्द्र कायम गरिएको थियो ।

गाउँसभाले ६ नम्बर वडामै पर्ने पोखरेबगरलाई स्थाई केन्द्र कायम गर्ने निर्णय गरि राजपत्रमा सूचना प्रकाशनका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवत्ता बरुवालले बताउनुभयो । साविक गाविस कार्यालयमा अस्थाई केन्द्र तोकिएपनी सबै वडाका बासिन्दाको सुबिधाका लागि पोखरेबगरबाट स्थापना कालदेखिनै कार्यालय सञ्चालन हुदै आएको थियो ।

यसैगरी गाउँपालीकाको नाम पनी अन्नपूर्णनै राख्ने निर्णय भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालीकासंग नाम एउटै पर्न गएकाले पुनहिल गाउँपालीका राख्ने प्रस्ताव गरिएको थियो । गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा गाउँसभा सम्पन्न भएको हो ।

सन्तोष गौतम