म्याग्दीको बिकासको लागि लोकतान्त्रीक गठबन्धनलाई मतः गर्वुजा
- २६ कार्तिक २०७४, आईतवार
- 2473 पटक पढिएको
म्याग्दी, २६ कार्तिक । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आइतबार रघुगंगा–७ चिमखोलामा आमसभा सम्पन्न गरेको छ । मंसिर १० मा हुने प्रतिनिधी तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोजित आमसभालाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य एवँ काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले समग्र जिल्लाको विकासका लागि आफ्नो विजय आवश्यक रहेको बताए । काँग्रेसले जनतासँग गरिएको बाचा सधै पूरा गर्दै आएको बताउँदै उम्मेदवार गर्बुजाले भने, ‘वाम गठबन्धनको नाममा लोकतन्त्र मास्ने खेल भइरहेको छ ।
प्रजातन्त्रको रक्षा र समृद्धिका लागि हाम्रो जित आवश्यक छ ।’ नेपाली काँग्रेसका लक्ष्मण पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश क का उम्मेदवार भीमप्रसाद गौचनले रघुगंगा क्षेत्रमा जलविद्युतसँगै पर्यटनको प्रचुर संभावना भएकाले त्यसको लागि विशेष योजना बनाएर अघि बढ्ने बताए । रघुगंगा क्षेत्रमा सडक सञ्जालको विस्तारका लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा रघुगंगा गाउँपालिका प्रमुख भबबहादुर भण्डारी, नेपाली काँग्रेसका युवा नेता एवँ जिल्ला सदस्य केवी भण्डारी, ओम छन्त्याल, राप्रपाका जिल्ला अध्यक्ष बीरबहादुर थापा,उपाध्यक्ष जगनारायण गौचन, अमर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बुढा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
स्थानीय खुममायाँ पाइजाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेविसंघका आकाश खाती वि.कले गरेका थिए । यसैबिच नेपाली कांग्रेसले प्रदेश सभा ख को मालिका गाउँपालिका १ निस्कोटमा आम सभा सम्पन्न भएको छ । सभालाई सम्वोधन गर्दै प्रदेश सभा ख का उम्मेदवार अमलाल फगामीले म एक इमान्दार प्रतिनिधिको रुपमा पश्चिमको यो त्यो नभनी पश्चिम म्याग्दीलाई एक नमुना क्षेत्रको रुपमा बिकसित गरि देखाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । प्रतिनिधी सभा समानुपातिक उमेद्वार त्रिलोक चन्द्र बिकले नेपाली कांग्रेको नेतृत्वमा निर्माण भएको संविधानलाई संसोधन कार्यन्वयन गर्न,राष्ट्रलाई जोगाउनको लागि भएको लोकतान्त्रीक गठबन्धन नेपालको आवश्यकता रहेको बताउदै लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्न आग्रह गर्नु भएको छ ।
निस्कोट गाउँ कार्य समिति सभापति तुल बहादुर पुनको सभापतित्व सचिव लेक बहादुर पुन संञ्चालन वडा सदस्य दिलकुमार पुनको स्वागतमा सम्पन्न सभामा नेपाली कांग्रेसका सल्लाकार शिमबहादुर पुर्जा ,नेपाली कांग्रेस म्याग्दीका जिल्ला सदस्य अजय मिलन श्रेष्ठ, नेपाल दलित संघका अध्यक्ष थमन घिमिरे बिक,राप्रपाबाट समानुपातिक उमेद्वार दिलमाया छन्त्याल, वडा सदस्य टंकप्रसाद पुन निस्कोट मुखिया भाई बन्धु समाज कोषाध्यक्ष गंगादल पुन ,राप्रपाका भक्त प्रसाद बिक लगायतले मन्तव्य राखेका थिए ।