म्याग्दी सहकारीको साधारणसभा :काम गर्न चाहने सहकारीलाई नयाँ ऐन वरदान

  • २५ कार्तिक २०७४, शनिबार
  • 2539 पटक पढिएको

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले नयाँ सहकारी ऐन राम्रो काम गर्ने सहकारीलाई बरदानसावित भएको बतउनुभएको छ। म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिकसाधारणसभामा बोल्दै सचिव मैनालीले नयाँ सहकारी साँघुरोनभई राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गर्ने बताउनुभयो । ‘ऐन नराम्रो काम गर्ने सहकारीलाई रातो बत्ति देखाउने हो, राम्रो काम गर्नेलाई ऐनले प्रोत्साहन गरेको छ’ उहाँले भन्नुभयो ।

ऐन सम्झौताको डकुमेन्ट भएको भन्दै ऐनमा नपरेका कुरा पछि परिमार्जन गरी सहकारीमैत्री बनाउन सकिने बताउनभुयो । ‘मन्त्रालयले प्रस्ताव गरे अनुसार पनि आएको छैन, सहकारी अभियानले भनेबमोजिम पनि आएको छैन’ उहाँले भन्नुभयो । सहकारी निकाय नियमनकारी, नियन्त्रणकारी मात्र नभई प्रवद्र्वनात्मक भूमिका निर्वाह गर्ने निकाय भएको बताउनुभयो ।

 

समस्यामा रहेका सहकारीलाई समस्याग्रस्ता घोषणा गरी पीडितलाई न्याय दिने काम सुरु भएको उहाँको भनाई थियो । नयाँ सहकारी ऐनमा २१ वटा नयाँ कुरा थपिएको उहाँले जानकारी दिनुभयो । आर्थिक संमृद्वि र सामाजिक रुपान्तरणका लागि सहकारी अपरिहार्य भएको भन्दै राज्यले सहकारीको सहकार्यमा परिवर्तन ल्याउने बताउनुभयो । नेशनल कोअपरेटर्स एलाईन्सका अध्यक्ष डिल्ली तिवारीले सहकारीले आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने बताउनुभयो । सहकारीताका माध्यमबाट गाउँगाउँमा उद्यमशीलता सिर्जना गर्न सबैको ध्यान जान आवश्यक भएको उहाँको भनाई थियो ।

 

महेन्द्रनारायण निधि मेमोरियल स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष भानुभक्त ढकालले नयाँ ऐनले स्वास्थ्य क्षेत्रमा सेयर खरिद गर्न पाउने अधिकार दिएकाले अब सहकारीको प्राथमिकता स्वास्थ्य हुनुपर्ने बताउनुभयो । प्रजातन्त्र र सहकारीको अन्योन्याश्रीत सम्बन्ध रहेको भन्दै सहकारीले अर्थतन्त्रमा लिड गर्न सक्नुपर्ने बताउनुभयो ।

धौलाश्री समूहका अध्यक्ष यम श्रेष्ठले धौलागिरी क्षेत्रका अधिकांशलाई समेटेर सहकारी स्थापना गरी रचनात्मक काम गर्ने तयारी भइरहेको बताउनुभयो । ग्रिनसिटी हस्पितलका अध्यक्ष लोकबहादुर टण्डनले सहकारी र अस्पतालको सहकार्यमा गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने बताउनुभयो।

संस्थाका अध्यक्ष थदेवी पुनले अघिल्लो वर्षको तुलनामा ५ प्रशितल (३९ लाख ४८ हजार) थप गरी पाँच करोड १७ लाख पु¥याएको जानकारी दिनुभयो । त्यस्तै संस्थाले २९ करोड २३ लाख बचत संकलन गरी २८ करोड ४७ लाख कर्जा प्रवाह गरेको सचिव तथा प्रबन्ध सञ्चालक दीपबहादुर छन्त्यालले बताउनुभयो । उहाँले सहकारी ऐन सहकारीमैत्री नआएको गुनासोसमेत गर्नुभयो ।

दर्जनबढीलाई सम्मान

कार्यक्रममा असल कर्जा कारोबार गर्ने नारायणप्रसाद पाठक र सुशीला भण्डारीलाई कदरपत्रले सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट आवधिक बचतकर्ता धनबहादुर पुन र लक्ष्मी पुन, उत्कष्ट बचतकर्ताको रुपमा रामकुमारी बुढा मगरलाई सम्मान गरेको थियो ।

शेयर सदस्यका उत्कृष्ट छोराछोरीहरु सोनी जिसी, बालकृष्ण सापकोटा, श्रुतिप्रतिभा गौतम,लेनिन गर्बुजा, कस्मिक शेरचन, नारायण पुर्जा, यकेन्द्र खड्काथोकीलगायतलाई सम्मान गरिएको थियो । Source: sahakarinepal.com