निर्वाचन शिक्षा स्वमसेवकलाई तालीम,घरघरमा पुगेर मतदाता शिक्षा दिन निर्देशन

  • २५ कार्तिक २०७४, शनिबार
  • 2455 पटक पढिएको

म्याग्दी २५ कात्तिक । म्याग्दीमा खटिने निर्वाचन शिक्षा स्वमसेवकहरुलाई तालीम दिइएको छ । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बदर मत घटाउने र सदर मत बढाउने उद्देश्यले तालीम दिएर जिल्ला निर्वाचन कार्यालयले स्वमसेवक खटाएको हो ।

शुक्रबार र शनिबार दुई दिन दुई चरणमा १०६ जना स्वमसेवकहरुलाई तालीम दिइएको थियो । तालीमको समापन गर्दै निर्वाचन आयोगका सहसचिव डाक्टर हरि पौडेलले चुनावलाई सफल बनाउन मतदाता शिक्षाको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।

उहाँले मतदाताको घरदैलोमा पुगेर प्रभावकारी रुपमा शिक्षा दिन निर्देशन दिनुभयो । मतदाता शिक्षा स्वमसेवकहरुको कामको अनुगमन समेत गरिने पौडेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले आग्रह, पूर्वाग्रहबाट मुक्त भई निष्पक्ष दंगले गुनासो नआउनेगरी मतदाता शिक्षा अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो ।

विगतका चुनावमा स्मवसेवकले दल र उमेद्वारको प्रचार गरेको गुनासो र उजुरी आएको बताउँदै उहाँले त्यस्तो गतिबिधि गरेको पाईएमा फिर्ता गर्ने चेतावनी दिदै सुरक्षाका हिसाबले कुनै समस्या उत्पन्न भए तत्कालै खबर गर्न आग्रह गर्नुभयो । तालीम समापन कार्यक्रमको निर्वाचन कार्यालयका नायव सुब्बा बलबहादुर खत्रीले सञ्चालन गर्नुभएको थियो । तालीमको आयोगका सहसचिव पौडेल, जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य, निर्वाचन अधिकारी केदारनाथ पौडेल, स्रोत व्यक्ति बालकृष्ण पौडेल र शिक्षीका सरला सुवेदीले सहजिकरण गर्नुभएको थियो ।

निर्वाचन कार्यालयले सामाजिक परिचालक, बालशिक्षा सहयोगी कार्यकर्ता र महिला स्वास्थ्य स्वमसेवीकालाई प्रत्येक मतदान केन्द्रमा एक जनाका दरले मतदाता शिक्षा स्वमसेवकको रुपमा नियुक्त गरेको छ । उनिहरुले मतदाताहरुलाई सहि तरीकाले मतदान गर्ने तरिका र निर्वाचन आचारसंहिताको बारेमा जानकारी गराउने जिम्मेवारी पाएका छन् ।