बाम गठबन्धनको लुलाङ, किमचौर र झाँक्रेपानीमा घरदैलो

  • २५ कार्तिक २०७४, शनिबार
  • 2103 पटक पढिएको

म्याग्दी, २५ काित्तक । म्याग्दीको प्रदेशसभाको क्षेत्र (ख)मा बाम गठबन्धनका उमेद्वार र नेता कार्यकर्ताले चुनाव प्रचार अभियान अन्तरगत घरदैलोलाई तिब्र बनाएका छन् । शनिबार एकै दिन तिन ठाउँमा घरदैलो भएको छ । लुलाङमा प्रदेशसभा क्षेत्र ख की उमेद्वार एमाले नेता नरदेवी पुन, मंगला गाउँपालीका ४ झाँक्रेपानीमा गाउँपालीका अध्यक्ष सतप्रसाद रोका र ५ नम्बर वडाको किमचौरमा माओवादी केन्द्रका गाउँपालीका अध्यक्ष चन्द्रप्रसाद बुढाको नेतृत्वमा घरदैलो गरिएको हो ।

लुलाङको घरदैलोपछि आयोजित टोलसभामा उमेद्वार पुनले दलित, महिला, आदीवासी, जनजातीको उत्थान र जेष्ठ नागरीक, असहायको सेवामा कम्युनिष्ट पार्टीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । एमाले माओवादीको पहलमा जारी भएको प्रगतिशिल संबिधानको कार्यान्वयन र सामाजिक परिवर्तनका लागि बामपन्थीको सरकार आवश्यक पर्ने उमेद्वार पुनले बताउनुभयो ।

उहाँले दरवाङ ताकम लुलाङ हुदै ढोरपाटन जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको बैकल्पीक मार्गको रुपमा विकास गर्न प्राथमिकता दिएको बताउँदै पछाडी परेका दलित समुदायको उत्थानका लागि कम्युनिष्टको विकल्प नभएको बताउनुभयो । उहाँले पैसाले मत किन्नेले कहिल्यै पनी जनताको सेवा गर्न नसक्ने बताउँदै त्यस्ता गतिबिधिप्रती सचेत रहन आग्रह गर्नुभएको छ ।