देश बिकासको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदानः गर्वुजा

  • २३ कार्तिक २०७४, बिहीबार
  • 2082 पटक पढिएको

म्याग्दी, २४ कात्तिक । आगामी मंसिर १० गने हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्बाचनको लागि मत माग्न लोकतान्त्रिक गठवन्धनका उमेद्वारहरु मतदाताहरुको घर दैलोमा पुगेका छन ।बीहिवार बेनी नगरपालिका वडा १ रत्नेचौरमा भएको चुनाबी आमसभालाई सम्बोधन गदै नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधि सभा सदस्यका उमेद्वार खम्वीर गर्बुजाले लोकतन्त्रलाई संस्थागत गर्न र देशको बिकासका लागि लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्नुपर्ने बताउनु भएको छ ।

म्याग्दीका जनताहरुलाई बिभिन्न प्रलोभन देखाई करिव २० वर्ष सम्म कम्युनिष्टहरुले जनतालाई झुक्काएका बताउदै गर्वुजाले म्याग्दीको बिकास निर्माण,सडक ,रोजगार,कृषि, पर्यटन,जडिबुटी बिद्युत, संचार, संस्कृति लगायत जनताको माग अनुसारको बिकास गर्नलाई म उम्मेदवार बनेको हुँ भन्नुभयो ।

सोही कार्यक्रममा निबर्तमान सांसद रेशमबहादुर बानियाँले आफु संसदमा हुदा म्याग्दीको बिकास निर्माणका योजनाहरु जति पनि सम्पन्न भए र नभएको योजनलाई पुुरा गरि म्याग्दीलाई समृद्ध म्याग्दी बनाउनको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

प्रदेश सभा ‘क’का सदस्यका उम्मेदवार भीमप्रसाद गौचनले नेपालमा कम्युनिष्टहरुले सत्ता संचालन गरेकोले देश ५० वर्ष पछि परेको बताउदै म्याग्दी जिल्लामा आफुले गरेका कार्यहरुलाई सम्झीदै, लोकतान्त्रीक गठबन्धनलाई जिताउनु भयो भने पाचँ वर्षमा म्याग्दीका हरेक सडक,ग्राबिल गर्ने र सडकको पहुचँ राम्रो भए मात्र अन्य बिकासले फड्को मार्न सक्छ भन्नुभयो ।
कार्यक्रममा समानुपातिक उमेद्वारद्धय त्रिलोकचन्द बिश्वास बिक र बिमला गौचनले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको कार्यन्वयन संगै नेपाललाई समृद्ध बनाउनको लागि लोकतान्त्रीक गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो । नेपाली कांग्रेस गाउँ कार्य समितिका सभापति बसन्त बोगटीको सभापतित्व, युवा नेता बिक्रम बोगटीको संञ्चानमा सम्पन्न सभामा म्याग्दी कांग्रेसका पुर्व सहसभापति नेत्र महत, जिल्ला सदस्य केबी भण्डारी,स्थानीय युवा मोहन बोगटी,राप्रपाका महेन्द्र सुबेदी लगायतले सम्वोधन गर्नुभएको थियो ।