बेनीमा म्याग्दी महोत्सव हुने

  • २१ कार्तिक २०७४, मंगलवार
  • 4843 पटक पढिएको

म्याग्दी, २१ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव एवं माघे संक्रान्ती मेला आयोजना हुने भएको छ । दशौ अधिवेशनबाट निर्वाचित भएको म्याग्दी उद्योग वाणिज्य संघको सोमबार बसेको दोस्रो बैठकले पुष २८ देखि माघ ७ गतेसम्म महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।

अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षतामा बसेको पदाधीकारी र कार्यसमिति सदस्यहरुको बैठकले माघे संक्रान्ति पर्वको अवसर पारेर महोत्सव आयोजना गर्ने निर्णय भएको महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो ।

उद्योग, ब्यापारको विकास, कला र संस्कृतीको संरक्षण, पर्यटन प्रर्वद्धन, स्थानीय उत्पादनको बजारीकरण गर्ने प्रमुख उद्देश्य सहित महोत्सव आयोजना गर्न लागिएको गौतमले बताउनुभयो । संघले बेनीमा प्रत्येक तिन वर्षमा एक पटक महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवको तयारीका लागि अर्को बैठक बसेर कार्यबिभाजन र सरोकारवालासंग समन्वय गर्ने निर्णय भएको दितृय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।फाईल् तस्बिर