पर्वतको विकास र समृद्धिका लागि वाम गठबन्धनलाई मत : उम्मेदवार अधिकारी

  • २१ कार्तिक २०७४, मंगलवार
  • 2271 पटक पढिएको

पर्वत , २१ कात्तिक । माओवादी केन्द्रका पोलिट व्युरो सदस्य एवम् प्रदेशसभा क्षेत्र नम्बर १ पर्वत का उम्मेदवार नेत्र अधिकारीले नेपालमा राजनीतिक स्थायीत्व कायम गर्नका लागि आगामी निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने विचार व्यक्त गर्नुभएको छ । लामो समय राजनीतिक अस्थिरताका कारण विकास र समृद्धि हासिल गर्न नसकेको बताउँदै उम्मेदवार अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धन निर्माण भएको दावी गर्नुभयो ।र्यक्रममा उम्मेदवार अधिकारीले काँग्रेसका कारण मुलुक अस्थिरताको चपेटामा परेको बताउनुभयो । उहाँले निर्वाचन पछि वाम गठबन्धनले केन्द्रीय र प्रदेश सरकार बनाउने दावी गर्दै अधिकारीले मुलुकमा विकासको ढोका खोल्नका लागि वामपन्थीको जित आवश्यक भएको बताउनुभयो ।

स्थानीय तहको बजेटले नपुगेका सडक, भवन, खानेपानी, पर्यटन पूर्वाधार जस्ता योजनालाई प्रदेश सरकारबाट योजना पार्न आफूले सक्दो पहल गर्ने उहाँको भनाई थियो ।

कार्यक्रमा नेकपा एमालेका उपसचिव गोविन्द्र पहाडी,पूर्व उपसचिव उदय सुवेदी, माओवादीका नेता दिपक आचार्य,गुप्त हमाल, ढाकाराम गौतम,शेषराज रेग्मी र निर्मल पुनले पर्वतमा विकासको ढोका खोल्न वामपन्थीका साझा उम्मेदवारहरुलाई जिताउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

माओवादी केन्द्र नाग्लीवाङ अध्यक्ष सोम जिसीको स्वागत,बनौ गाउँकमिटिका सदस्य डम्बरवहादुर पुनको सञ्चालन र वडा अध्यक्ष गौवहादुर पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । पर्वतमा मंसिर २१ गते दोस्रोचरणमा निर्वाचन हुँदै छ ।