प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्याग्दीको मतपत्र यस्तो हुनेछ !

  • २१ कार्तिक २०७४, मंगलवार
  • 5053 पटक पढिएको

म्याग्दी, २१ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको नमुना मत पत्र सार्वजनिक भएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा प्रभाबकारी बनाएर बदरमत घटाउनको लागि आयोगले उम्मेद्वारहरुको चुनाब चिन्ह अंकित नमुना मतपत्र सार्वजनिक गरेको हो ।

प्रतनिधि सभामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा मनोनयन दर्ता अनुसार उम्मेद्वार भएकाहरुको मात्रै मतपत्र आउनेछ । आयोगले यस पटक निर्वाचन क्षेत्र अनुसार उम्मेद्वार भएकाहरुको मात्रै चुनाब चिन्ह राखेर मतपत्र छापेको कारण बिगतमा उम्मेद्वार नै नभएको चिन्हमा समेत मत जाने समस्या हट्नेछ । त्यस्तै निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न समेत सहज हुनेभएको छ ।
म्याग्दीमा प्रतिनिधि सभा निर्वाचनको लागि यस्तो रहेको छ मतपत्र ।


म्याग्दीमा प्रदेश क्षेत्रनम्बर १ को लागि यस्तो रहेको छ मतपत्र ।


म्याग्दीमा प्रदेश क्षेत्रनम्बर २ को लागि यस्तो रहेको छ मतपत्र ।


म्याग्दीमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समानुपातीक तर्फ यस्तो रहनेछ मतपत्र ।