ग्रामिण भेगका जनता बाली भित्र्याउन ब्यस्तः कृषकको खेतबारीमा नै उम्मेद्वार

  • २१ कार्तिक २०७४, मंगलवार
  • धिरन खत्री
  • 2549 पटक पढिएको

धिरन खत्री । म्याग्दी,२१ कात्तिक । म्याग्दीको ग्रामिण भेगका जनतालाई बाली भित्र्याउन खेतबारीमा ब्यस्त हुदाँ चुनावी लक्षित आभसभा खल्लो बन्दै गएको छ । कात्तिक महिना खेती भित्र्याउने समय भएको हुदाँँ यो समयमा योजनासहित ग्रामिण बस्तीमा पुगेको चुनावी आमसभामा जनताको उल्लासमय उपस्थित भएको छैन् ।


ग्रामिण भेगका जनता खेतबारीमा ब्यस्त हुदाँ दलहरुले चुनावी प्रचार शैली बदलेका छन् । भोट माग्नउम्मेद्वारको टोली ग्रामिण भेगका कृषकहरुको खेतीबारीमा पूग्ने गरेका छन् ।
एमाले माओवादीको वाम र काँग्रेस राप्रपाको लोकतान्त्रिक गठबन्धनले ठुला सभा भन्दा पनि कार्यकता परिचालनलाई जोड दिएका छन् । स्थानीय तह, वडा र बस्तीस्तरमा पुगेर चुनाव प्रचार गर्ने कार्यक्रम बनाएका छन् ।


एमाले माओवादी केन्द्रको वाम गठबन्धनको दुई वटा टोली बनाएर प्रचार अभियान संचालन गरेका छन् । प्रतिनिधिसभाका उम्मेदवार भुपेन्द्र थापा र प्रदेशसभा क्षेत्र ख का उम्मेद्वार नरदेवी पुनको टोली मंगला, मालिका, धौलागिरि गाउँपालिका लक्षित गरेर वडास्तरमा चुनावीसभा र घरदैलोमा ब्यस्त छ । मुल टोली २१ गतेदेखि क्षेत्र नम्बर १ मा चुनावी कार्यक्रम गर्ने छ ।


प्रदेशसभाका क्षेत्र १ मा वाम गठबन्धनबाट माओवादी उम्मेदवार बिनोद केसीको टोलीले अन्नपुर्ण, रघुगंगा गाउँपालिकामा सकेर बेनी नगरपालिका ब्यस्त छन । भेला, सभाको साथै कार्यकता भेटघाट, प्रशिक्षण र घरदैलोलाई प्राथमिकता दिएको माओवादी केन्द्रका नेता शेरबहादुर केसीले बताए ।
लोकतान्त्रीक गठबन्धनका नेपाली काग्रेस र राप्रपाको टोलीले पहिलो चरणमा प्रदेश क्षेत्र १ को अन्नपुर्ण गाउँपालिका घुमेर फर्किएपछि प्रचारको शैलि फेरेको छ । प्रतिनिधि सभाका उम्मेदवार खम्बीर गर्वुजा र प्रदेश सभाका क्षेत्र नम्बर १ का उम्मेद्वार भिमप्रसाद गौचन र प्रदेश क्षेत्र नम्बर २ का उम्मेदवार अमलाल फगामीलार्इृ जिताउन जिल्लाका ४५ ओटा वडामा शिर्ष नेतालाई जिम्मेवारी सहित परिचालन गरिएको नेपाली काग्रेस जिल्ला सदस्य केवि भण्डारीले बताए । आमसभाभन्दा बढी भेटघाट, घरदैलो र अन्य पाटीका कार्यकतालाई पाटी प्रवेशमा कसरत गर्दै प्रतिनिधि सभाका उम्मेद्वार गर्वुजा र क्षेत्र नम्बर २ का उम्मेदवार फगामी ब्यस्त छन् ।


जिल्लामा सर्वसाधारणको ब्यस्तता कारण गठबन्धनले आमसभा गरेपनि सोचेजस्तो परिणाम सिर्जना हुन नसकेको चुनावी आमसभामा उपस्थित जनताले देखाउछ । सो कार्यक्रममा चुनावी भाषणभन्दा निर्वाचन परिचालन समिति निर्माण तथा कार्यकता प्रशिक्षण गर्न ब्यस्त भएका छन् ।
जिल्लामा वाम र लोकतान्त्रिक गठबन्धनले चुनावी ऐजेण्डा उस्तै उस्तै रहेका छन् । जिल्लाको विकास ऐजेण्डा फरक शैलिमा प्रस्तुत गरेपनि आखिर कृषि, जलस्रोत, पर्यटन, पशुपालन, युवा रोजगार, वनजंगल, जडीबुटीको उत्खनन गर्नेलाई प्राथमिकता दिएका छन् । भने शिक्षा स्वास्थ्य र भौतिक पूर्वाधार निर्माण पक्षमा गुण्स्तर विकास गर्ने रहेको छ ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l