बेनीमा शसस्त्र प्रहरीको अस्थायी पोष्ट स्थापना

  • १३ कार्तिक २०७४, सोमबार
  • कमल खत्री
  • 2969 पटक पढिएको

म्याग्दी, १३ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि म्याग्दी सदरमुकाम बेनीमा शसस्त्र प्रहरीको अस्थायी सुरक्षा पोष्ट स्थापना गरिएको छ ।


शसस्त्र प्रहरीको चण्डीका गण कुष्माबाट शसस्त्र प्रहरी नायब उपरिक्षक शुसील सुवेदीको नेतृत्वमा ४० जनाको टोली राखेर अस्थायी पोष्ट स्थापना गरिएको हो । तत्कालको लागि १ प्लाटुन जनशक्ति राखिएपनि छिट्टै २४५ जनासम्मको टोली खटाउने तयारी गरिएको छ ।

जिल्लामा निर्वाचनलाई शान्त र भयरहित वातावरणमा सम्पन्न गराउनको लागि नेपाल प्रहरी संगै शसस्त्र प्रहरी समेत परिचालन गर्न लागिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

मतदान केन्द्रको सम्बेदनशिलतालाई हेरेर नेपाल प्रहरी, शसस्त्र प्रहरी र म्यादी प्रहरी खटाईने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l