लोकतान्त्रिक गठबन्धनको बरंजामा आमसभा

  • १२ कार्तिक २०७४, आईतवार
  • राकेश शर्मा
  • 3185 पटक पढिएको

म्याग्दी, १२ कात्तिक । लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा चुनावी आमसभा अभियानलाई तिब्र बनाएको छ । अभियानको क्रममा आज बरंजामा आमसभा तथा मतदाता भेटगाट कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीका दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत मंगला गाउँपालिका–४ एकाई सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति एवँ प्रतिनिधीसभा सदस्य निर्वाचनका उम्मेदवार खम बहादुर गुर्बजा (खम्वीर)ले म्याग्दीको विकासका लागी आफुले सम्पुर्ण कुरा त्याग गरि जनताको विकासमा लाग्ने र आफुले जित्ने पक्का भएको भर्दै जनतालाई ढुक्क भएर आफुलाई मतदान नर्ग आग्रह गरेका थिए ।


आफुले जिते पछि म्याग्दीको विकासले पढ्को मार्ने बाताए । आफुले गरेका वाचा पुरा हुने समेत बताए । कार्यक्रममा बोल्दै नेपाली काग्रेसका प्रदेश क्षेत्र न २ का उम्मेदवार अमलाल फगामीले विकासमा पश्चिम बेग पछि परेको बताउदै आफले त्यसको विकासमा लागी पर्ने र आफुले जितेको अवस्थामा सरकारले दिने सेवा सुविधा जनताको विकासमा लाग्ने र आफुले नलिने बाताएका छन् ।त्यस्तै कार्यक्रममा राप्रपाका क्षेत्र न २ का उम्मेदवार भिम प्रसाद गौचनले बरंजामा आफुले गरेको कामको मुल्याङन गर्दै मतदान गर्ने बताएका छन् ।

कार्यक्रममा काग्रेसका युवा नेता तथा महाधिवेसन प्रतिनिधि भरत बहादुर रकाल, निर्वतमान माननिय साम्सद रेशम बहादुर बाँनिया, अजयमिलन श्रेष्ठ, तरुण दल अध्यक्ष मुकुन छन्त्याल, बेनी नगरपालिका प्रमुुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सन्जु बरुवा, ओम छन्त्यालले मन्तव्य राखेको कार्यक्रम राप्रपामा योगेन्द्र शेरचनले गरेका थिए ।

राकेश शर्मा