पर्यटकको रोजाईमा मोहरेडाँडा (फोटोफिचर)
- १० कार्तिक २०७४, शुक्रबार
- धिरन खत्री
- 2313 पटक पढिएको
म्याग्दी, १० कात्तिक । पर्यटकिय स्थल मोहरेडाँडा पछिल्लो समय पर्यटकको रोजाईमा परेको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ८ मा पर्ने मोहरेडाडाबाट सुर्येदय, हिमशृखला, पहाडी भुभागको मनोरम दृष्यले आन्तरिक तथा बाह्य पर्यटकको आकषर्ण बढ्दै गएको हो ।
समुद्री ३ हजार ३ सय मिटर उचाईमा रहेको अवस्थित मोहरे डाँडामा पछिल्लो समय बाह्रय पर्यटकको चाप बढ्दै गएको छ । घना बनजङ्गल विच अग्लो चुचुरोमा अवस्थित महरेडाडाँमा आवश्यक भौतिक पदमार्ग तथा पुर्वाधारको विकास संगै आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको हो ।
अन्नपुर्ण धौलागिरि सामुदायिक पर्याबरणीय पदमार्गको प्रमुख गन्तव्य रहेको मोहरेडाँडामा बार्षिक ४ सय भन्दा बढी पर्यटकको आउने गरेका सामुदायिक लजका कर्मचारी ललित गवुर्जाले बताए । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चाम बढेपछि सामुदायिक लजको बिस्तार गर्ने तयारी भएको उनले बताए । अहिले फ्रेन्स, जर्मनी भारत लगायतका पर्यटक घुम्ने आउने गरेको पुर्जाले बताए ।
मोहरेडाँडाबाट सिस्ने, गुर्जा, धौलागिरि, माछापुच्छे, मनास्लु र अन्नपुर्ण जस्ता दर्जनौ बढी हिमालहरु र सुर्योदय र सुर्यास्तको मनमोहक दृष्य हेर्न सकिन्छ । डाडाँमा पोखरा बजार संगै फेवाताल, म्याग्दी, पर्वत, बागलुङ, कास्की, पाल्पा लगायत जिल्लाका अग्ला पहाडका टाकुरा देख्न सकिन्छ । ३३ सय मिटर माथि आएर हिमशृखला हेर्दा आनन्द हुने बताउछन् ।
घना गुरासे जंगल बिचमा रहेको मोहरे डाँडा बरीपरि पशुगोठ, जडिबुटी, चराचुरुङ्गी, आवाज र चौरी भेडाको बथान देख्न सकिन्छ । म्याग्दीको नांगी, टिकोट र खिवाङ गाविसका बासिन्दाले संचालन गरेको अन्नपुर्ण पदमार्ग मुख्य गन्तव्य मोहरेडाँडा हो । मोहरेडाडाँमा भ्रमणमा पुग्ने पर्यटकलाई लक्षित गरेर २० बेड क्षमताको सुविधायुक्त लज संचालन भएको छ। उक्त संचालनबाट सामुदायिक विद्यालय संचालन गाउँको विकासको आयश्रोत जुटाउन संचालन गरिएको हो ।
म्याग्दीको नागी, घोडेपानी, कास्कीको उल्लेरी र पर्वतको लेकफाँटबाट पुग्न सकिन्छ । यस क्षेत्रको सौन्र्दयता र पर्यटकिय आकर्षणको महत्वको प्रचार प्रसार गर्न सकेमा पर्यटक भित्र्याउन सकिने थमसेकु टे«किङका गाईडर जानुका श्रेष्ठले बताईन । यहाँ आउने पर्यटकको आवश्यक सुविधा छ रुम थपे ठुलो ग्रुपमा आउनेलाई सहज हुने उनले बताईन । मोहरेडाँडामा सामुदायिक लजको विकाससंगै ईन्टरनेट तथा फोन सविधाको विकास महाविर पुनको सक्रियतामा निर्माण गरिएको हो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l