लोकतान्त्रिक गठबन्धनको खिबाङ घराम्दी टिकोट र मल्कबाङ्गमा आमसभा

  • ९ कार्तिक २०७४, बिहीबार
  • 3220 पटक पढिएको

म्याग्दी, ९ कात्तिक । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा चुनाबी अभियान तिब्र बनाएको छ । अभियान अन्र्तगत अन्नपूर्ण गाउँपालिका वडा– ६ घारको खिवाङमा वडास्तरीय आमसभा सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख डम बहादुर पुनको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान सांसद रेशम बहादुर बानियाँले अव हुने पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा चुनावमा काग्रेसलाई जिताउनु जनता आत्तुर भएको बताउदै काँग्रेससंग म्याग्दीलाई समृद्धि कसरी ल्याउने भन्ने योजना भएको र त्यो कुरा जनताले बुझेकाले काग्रेसलाई नै जिताउने कुरामा आफु ढुक्क भएको बताए ।

त्यस्तै नेपाली काँग्रेस म्याग्दीका सभापति एवँ प्रतिनिधीसभा सदस्य निर्वाचनका उम्मेदवार खम बहादुर गुर्बजा (खम्वीर)ले विगतमा कम्प्युनिष्टहरुले जितेपनि जिल्लाले कुनै विकासको लागी कुनै अनुभुती हुने काम नगरेकोे र जिल्ला पछि परेको भन्दै अब जिल्लाको विकास र नीति निर्माण तहमा निर्णायक भूमिका खेल्न आफ्नो आफुले उम्मेद्वारी दिएको बताए ।

जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र यातायातको क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले निर्वाचनमा विजय भए कुनैपनि सरकारी सुविधा उपभोग नगर्ने र गरिब बिपन्न जनताको लागी आफुले अक्षयकोष समेत स्थापना गर्ने सोच बनाएको बताए । कार्यक्रममा गठबन्धनबाट राप्रपाकाबाट उम्मेलवार बनेका भिम प्रसाद गौचनले अहिलेको चुनावमा तोकतान्त्रीक गठबन्धनले जित्नेमा कुनै आशंका नरहेको भन्दै ढुक्क भएर लोकतान्त्रिक गठबन्धनलाई जिताउन जनतालाई आग्रह गर्दै बिगतमा आफुले जनताको लागी काम गरेको बताए ।

कार्यक्रममा राप्रपाका जिल्ला अभ्यक्ष वीर बहादुर थापा, नेपाल तरुन दल म्याग्दीका अध्यक्ष मुकुन छन्त्याल, नेपाली काग्रेसका जिल्ला सदस्य मनकुमारी बिक, ओम छन्त्याल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेबीसंघ म्याग्दीको निर्वतमान अध्यक्ष भरत बहादुर रकाल लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन रबिन्द्र गर्बुजा पुनले गरेका थिए । त्यस्तै अन्नपूर्ण गापा वडा न ७ घराम्दीमा पनि कार्यकर्ता भेला सम्पन भएको छ ।

वडा अध्यक्ष तथा घराम्दीका काँग्रेसका एकाई सभापती गम बहादुर फगामीको सभापतित्व भएको कार्यक्रममा बोल्दै क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार भीमप्रसाद गौचन, खम्वीर गर्बुजा, भरत रकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन नेबीसंघ म्याग्दीका सचिव चक्र केसीले गरेका थिए । अभियानमा रहेको टोलिले हिस्तानको टिकोटमा पनि आमसभा सम्पन्न गरेको छ । प्रेदेश सभा क्षेत्र नं २ मा प्रदेशसभा सदस्यका उम्मेदवार क्या. अमलाल फगामी र मालिका गाउँपालिका प्रमुख श्रिप्रसाद नेतृत्वको टोली पनि मल्कबाङ्ग र मलम्पारमा आमसभा सहित घरदैलो कार्यक्रम गरेको छ ।