दुधले बजार नपाउँदा सिंगाका कृषक निराश

  • ९ कार्तिक २०७४, बिहीबार
  • धिरन खत्री
  • 2227 पटक पढिएको

म्याग्दी, ९ कात्तिक । बेनी नगरपालिका ४ सिंगाका कृषकले उत्पादन गरेको दुधले बजार नपाउदाँ कृषक निराश बनेका छन् । कृषकले उत्पादन गरेको दुध संकलन गरेर बेनीमा लिएपनि सबै दुध बजारमा खपत नहुदाँ दुध फर्काएर लानुपर्ने बाध्यता रहेको जनभावना दुध सहकारीका संचालक सदस्य रमेशबहादुर खत्रीले बताउनुभयो ।
सिंगामा ३८ जना कृषकले दैनिक २ सय देखि ४ सय लिटर दुध उत्पादन हुन्छ। उक्त दुध जनभावना दुध सहकारीबाट सकंलन गरेर बजारमा ल्याउदाँ आधा फर्काएर लानुपर्ने बाध्यता रहेको खत्रीले बताउनुभयो । मंगलरबार बेनीमा ३५० लिटर दुध लिएर आउदाँ १५० लिटर दुध विक्रि भई २ सय लिटर दुध घरमा फिर्ता लानुपरेको कृषक रमेश बहाुदर खत्रीले बताउनुभयो । बुधबार विहानपनि उत्पादन भएको दुध मध्य आधा मात्र बजारमा खपत भएको बताउनुभयो । दैनिक उत्पादन गरेको दुध मध्य आधा दुध बजारमा विक्रि हुदाँ कृषकको लगानी पनि नउठ्ने बाध्यता रहेको खत्रीले बताउनुभयो ।
सिगाँमा उत्पादन भएको दुध विक्रि नभई रहेको दुधबाट निर्माण गर्न सकिने अन्य परिकारहरुको प्राविधिक सहयोग जिल्ला पशुसेवा कार्यालयबाट हुन नसक्दा कृषक चिन्तित हुनुपरेको खत्रीले बताउनुभयो । कृषकलाई सरकारी निकायले आवश्यक भुमिका निर्वाह नगर्दा अन्य पेशामा पलायन हुने बाध्यता सिर्जना भएको बताउनुभयो ।
यता डेरी संचालनकहरुले बजारमा राखेको दुध बेसिजन भएको कारण दुध खपत नभएको हुदाँ कृषकले दैनिक उत्पादन गरेको दुध फिर्ता गनुपर्ने बाध्यता रहेको बताए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l