लोकतान्त्रिक गठबन्धनको पाउद्धार र शिखमा चुनाबी आमसभा
- ८ कार्तिक २०७४, बुधबार
- 2993 पटक पढिएको
म्याग्दी, ८ कात्तिक । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा मँगलबारदेखि चुनाबी अभियान सुरु गरेका छन् । दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत पाउद्धारमा वडास्तरीय आमसभा सम्पन्न भएको छ । पाउद्धार वडा सदस्य धन बहादुर पाईजाको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान सांसद रेशम बहादुर बानियाँले भने अव हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा काग्रेसलाई जिताउनु भयो भने हामीसँग म्याग्दीलाई समृद्धि कसरी ल्याउने भन्ने योजना छ ।’ त्यसैले अब जनताले काग्रेसलाई नै जिताउने कुरामा ढुक्क भएको बताउनु भयो ।
त्यसतै नेपाली काँग्रेस म्याग्दीका सभापति एवँ प्रतिनिधीसभा सदस्य निर्वाचनका उम्मेदवार खमबीर गुर्बजाले विगतमा कम्प्युनिष्टहरुले जितेपनि जिल्लाले कुनै विकासको अनुभुति गर्न नपाएको र जिल्ला पछि परेको र अब जिल्लाको विकास र नीति निर्माण तहमा निर्णायक भूमिका खेल्न आफ्नो उम्मेद्वारी दिएको बताउनुभयो । जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र यातायातको क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले निर्वाचनमा विजय भए कुनैपनि सरकारी सुविधा उपभोग नगर्ने घोषणा सहित गरिब बिपन्न जनताको लागी आफुले अक्ष्यकोष समेत स्थापना गर्ने बताउनु भयो ।
‘जनताको नै सेवा गर्छु भनेर मैले युरोप विकास र समृद्धि छोडेर आएको हुँ । अब भने यो अवसर दिनुहुनेछ, तपाँईको भोट दुरुपयोग मतबाट हुनेछैन’, उनले थपे । कार्यक्रममा गठबन्धनबाट राप्रपाका जिल्ला अध्यक्ष भिर बहादुर थापाले अहिलेको चुनावमा तोकतान्त्रीक गठबन्धनले जित्नेमा कुनै आशंका नरहेको भन्दै ढुक्क भएर लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । कार्यक्रममा तरुन दलका अध्यक्ष मुकुन छन्त्याल, नेपाली काग्रेसका जिल्ला सदस्य मनकुमारी बिक ओम छन्त्याल, लगायतले मन्तव्य राखेका कार्यक्रमको सञ्चालन नेबि संघका जिल्ला सचिव चक्र केसीले गर्नुभएको थियो ।
त्यस्तै सिखमा पनि कार्यकर्ता भेला सम्पन भएको छ । सिख एकाई सभापती तिर्थ पुर्जाको सभापतित्व रहेको कार्यक्रममा वडा सदस्य धन बहादुरको स्वागत रहेको थियो । कार्यक्रमा बोल्दै क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार भीमप्रसाद गौचनले विगतमा आफुले योगदान दिएको भन्दै त्यसलाई बढावा दिन आफुले उम्मेदवारी दिएकोे बताउने भयो । त्यस्तै खम्वीर गर्बुजा, रेशम बाँनिया, जिल्ला सदस्य कर्ण भण्डारी (केवी), क्या. बल बहादुर तिलिजा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन नवराज गबुजाले गर्नु भएको थियो । त्यस्तै क्षेत्र नं २ मा प्रदेशसभा सदस्यका उम्मेदवार क्या. अमलाल फगामीको नेतृत्वमा घण्टावाङ र भेडीखाल्टामा घरदैलो गरिएको छ । टोलीमा मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोका, काँग्रेस नेता लोक मल्ल लगायतको सहभागिता छ ।