राप्रपाको चुनाव प्रचार र सचिवालय समिति गठन

  • ७ कार्तिक २०७४, मंगलवार
  • 1898 पटक पढिएको

म्याग्दी, ६ कात्तिक । मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेससंग चुनावी तालमेल गरेको राप्रपा म्याग्दीले सोमबार चुनाव प्रचारप्रसार र सचिवालय गठन गरेको छ ।

जिल्ला उपाध्यक्ष जगतनारायण गौचनको संयोजकत्वमा १०१ सदस्यीय चुनाव प्रचार समिति र राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्रीका संयोजकत्वमा ५ सदस्यीय सचिवालय गठन गरेको हो । सचिवालय समितिको सदस्यमा उपाध्यक्ष जगतनारायण गौचन, एकेन्द्र रावल, दलकेशर बानिया र सञ्जु बरुवाल रहनुभएको छ ।

म्याग्दीको प्रदेश सभा क्षेत्र नम्बर १ मा केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री भिमप्रसाद गौचनलाई उमेद्वार बनाएको राप्रपाले प्रतिनिधिसभामा नेपाली काँग्रेसका उमेद्वार खम्बिर गर्बुजालाई सघाउने अध्यक्ष थापाले बताउनुभयो ।