बेनीमा विभिन्न कार्यक्रम गरेर नेपाल सम्वतको स्वागत 

  • ३ कार्तिक २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 2773 पटक पढिएको

म्याग्दी, ३ कात्तिक । नेपाल संम्वत ११३८ को स्वागतमा शुक्रबार बेनीमा विबिध कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल भाषा मंका खलको आयोजनामा शुभकामना आदानप्रदान, र्‍याली र सम्मान कार्यक्रम गरेर नेपाल संम्वतको नयाँ वर्षको स्वागत गरिएको हो । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.स ९३७ (ई.स८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संम्वतको शुरुवात गराउनुभएको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले नेपाल सम्वतलाई राज्यले अपनत्व ग्रहण गर्नुपर्ने, सबैको साझा पर्वको रुपमा स्थापीत गरी शंखधर साख्वाको योगदानबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।

बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले मौलीक कला, संस्कृती र रितीरीवाजको संरक्षणमा सबै जागरुक बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा खलका संस्थापक अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्मा, बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईली र क्षेत्र समाज म्याग्दीका अध्यक्ष अमृतदेवी बानियाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सो कार्यक्रममा नेवार र  अन्य समुदाय, राजनितिक दल तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रम सुरु हुनुअघि बेनीको संगमचोकदेखि सुरु भएको नेवार समुदायको झाँकी र परम्परागत भेषभुषा सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो ।

सो अवसरमा २०७३ को एसईई परिक्षामा निजी र सामुदायीकतर्फ उत्कृष्ट अंक ल्याई उतिर्ण हुने २/२ जना छात्रछात्रालाई नगद एक हजार पाँच सय रुपैया सहित सम्मान गरिएको थियो । सामुदायीकतर्फ बेनी सामुदायीक मावीकी अनुराधा श्रेष्ठ, जनआदर्श मावी पुलाचौरका शिवप्रसाद श्रेष्ठ, निजी तर्फ माउन्ट एभरेष्ट आवासीय माविकी अनीषा श्रेष्ठ र बेनी आवासीय माविका साकार श्रेष्ठलाई पुरस्कृत गरिएको हो ।

यसैगरी मिस धौलागिरी २०१६ को बिजेता सुरभी श्रेष्ठ, मिस नेवा पोखराकी वेष्ट स्माईल ज्यासमीन श्रेष्ठ, मिस टिन नेपाल प्रतियोगिताको मिस पपुलरको उपाधि बिजेता प्रशंसा श्रेष्ठलाई पनी सम्मान गरिएको थियो । नेपाल भाषा मंका खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता र सचिव ईश्वर श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रमको उपाध्यक्ष कुबिरकुमार श्रेष्ठले समापन गर्नुभएको थियो ।

सन्तोष गौतम