अपाङ्ग संघको अध्यक्षमा केसी चयन

  • १ कार्तिक २०७४, बुधबार
  • सन्तोष गौतम
  • 3465 पटक पढिएको

बेनी १ कात्तिक । अपाङ्ग संघ म्याग्दीको १४ औ साधारणसभा तथा १० औ अधिवेशन सम्पन्न भएको छ ।
बेनीमा मंगलबार सम्पन्न अधिवेशनबाट गोपाल केसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । संघको बरिष्ठ उपाध्यक्षमा गणेश सुवेदी, दितृय उपाध्यक्षमा सन्ध्या छन्त्याल, सचिवमा सुरेन्द्र केसी, कोषाध्यक्षमा सोबिता चोखाल र सहसचिवमा लवकुश शर्मा रहनुभएको छ ।

संघको सदस्यहरुमा जयलाल खत्री, कर्णबहादुर घर्तीमगर, खिमा पुर्जा, दलकुमारी सुवेदी, कुमार थापा, डिलकुमारी शर्मा र सुनिल बिक तथा बेनपाको कार्यपालीका सदस्य गोरी दर्जी आमन्त्रीत सदस्यमा चयन हुनुभएको छ । संघको अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले गैरसरकारी संघ संस्थाले स्थानीय तहसंग समन्वय गरेर उपलब्धी देखिनेगरी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।

सो कार्यक्रममा स्थानीय तह निर्वाचनमा बेनपाको कार्यपालीका सदस्यमा निर्वाचित गोरी दर्जी र मालीका गाउँ कार्यपालीका सदस्यमा निर्वाचित गौमती चपाईलाई सम्मान गरिएको थियो । संघका अध्यक्ष गोपाल केसीको अध्यक्षता, उपाध्यक्ष गणेश सुवेदीको स्वागत र सचिव सुरेन्द्र केसीको सञ्चालनमा सम्पन्न साधारणसभाले सचिवको प्रगती र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

सन्तोष गौतम