यो दशैँमा घर आउँदिनः भिडियो बजारमा

  • ६ आश्विन २०७४, शुक्रबार
  • धिरन खत्री
  • 2657 पटक पढिएको

म्याग्दी, ७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका २ पिप्ले रानीपौवा जन्मनुभएका नारायण शर्मा मुस्कानले “यो दशैँमा घर आउदिन” को मौलिक म्यूजीक भिडियो सार्वजनिक गर्नुभएको छ। सुमधुर क्रियसन म्युजिक कम्पनीले युटयुव मार्फत सार्वजनिक गरेको गित मार्फत बाध्यताले विदेशमा गएर लामो समय बसेर महान चार्डपर्व परिवारसंग रमाउने छुट्टि नपाउदाँको पिडालाई म्युजिक भिडियो मार्फत प्रस्तुत गनुभएकोे छ ।

शर्माको शब्द सिर्जना भएको एल्वम रुमालको लय तथा स्वर बिष्ण्ुा खत्री र देवि धर्तिमगरले रहेको गितको भिडियोमा अभिनय विमल केसी र बिनु कार्कीले गुर्नभएको छ ।
शर्माले यसभन्दा अगाडी झ्याप्पै भेट भो माया बेनीबजारको शब्द सिर्जना गर्नुभएको थियो । उक्त गितका सफलता पछि शर्माले विदेशमा हुदाँका पिडालाई गित मार्फत दोश्रो एल्वम बजारमा ल्याउनु भएको हो ।

 

 

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l